०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

ताण्डव रेष्ट्राेमा शनिवार नयाँ वर्ष विशेष सांगितीक धमाका

ताण्डवमा सुमित स्पेशल धमाका साथमा अन्जु गौतम
Logo
निरज बस्नेत

विराटनगर, १ बैशाख ।  नयाँ बर्ष २०८१ को अवसरमा विराटनगरकाे ताण्डव रेष्टुरेण्टले  बैशाख १ गते शनिवार साझ सा‌ंगितीक धमाका गर्न लागेको छ । गायकद्वय सुमित खड्का र अन्जु गौतमले सांगितीक प्रस्तुति दिन लागेकाे ताण्डव रेष्टुरेण्टकी संचालिका राधा आचार्य ढकालले जानकारी दिएकी छिन् ।  गौतम र खड्काले आफ्ना मिठा–मिठा गीत संगीत कलेक्सनहरु पस्किने तयारी रहेकाे छ । यसका अलावा आकर्षक नृत्य र  र्‍यापर गानाकाे प्रस्तुती समेत हुने भएकाे छ ।

नयाँ वर्षकाे अवसरमा रेष्टुरेण्टको तर्फबाट आएका ग्राहकहरुको लागि स्वादिष्ट खानाका विविध परिकारको साथमा पेय पदार्थको राम्रो प्रबन्ध मिलाइएको छ । साथै रेष्टुरेण्टकै तर्फबाट कम्प्लीमेन्टरी वेलकम ड्रिंककाे  व्यवस्था समेत मिलाईएकाे छ । कार्यक्रम निकैनै आकर्षक , रमाइलो हुने पूर्वअनुमान छ । राष्ट्रिय गायक सुमित , त्यहाँमाथि गायक सुमितको बढ्दो क्रेज यसले गर्दापनि दर्शकहरुको राम्रै भीडभाड हुने देखिन्छ । अझ भन्दा नयाँ बर्षमा रमाइलो गर्ने बहाना पनि बनेकै छ । अनि गायिका अन्जुको मिठो आवाजका पारखीहरुको एकखाले राम्रै जमात् पनि त छ । साथमा आकर्षक नृत्यले पनि आम मनोरन्जनप्रेमीलाई लोभ्याउने भईहाल्याे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,४ माघ । कोशी प्रदेशका पर्यटन ,वन तथा वातावरण मन्त्री भीम पराजुलीले कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्यले कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् । मोरङको सुन्दरहरैचा– २ स्थित मृगौलीयामा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण […]

विराटनगर, माघ ३ । गएको बिहीबार बिहान करिब साढे पाँच बजे भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित सोनियाहीमा एक मालबाहक ट्रक दुर्घटनामा पर्यो । टाइल र मार्बल लोड गरिएको उक्त ट्रक अनियन्त्रित भई पल्टदा पाँच जना मजदुरको घटनास्थलमै मृत्यु भयो । उनीहरू ट्रकको पछाडि रहेको सामान बोक्ने कन्टेनरमा टाइल र मार्बलसँगै सवार भएर गन्तव्यतर्फ जाँदै थिए । […]

इटहरी, माघ १ ।  विराटनगर स्थित रोयल मार्बलको सामग्री ढुवानी गर्न प्रयाेग भएकाे मालबाहक ट्रक दुर्घटना हुँदा बिहिबार पाँच जना मजदुरको ज्यान गएको छ।टाइलको कामका लागि मालबाहक ट्रकको पछाडि टाइलसँगै मजदुरहरुलाई पनि राजविराजतर्फ लगिँदैथियो। तर जाँदाजाँदै बीचबाटोमा  बिहीबार बिहान ट्रक दुर्घटना भयो जसमा पाँचै जाना मजदुरहरुले ज्यान गुमाए। ओभरलोड टाइल्स बोकेर  जाँदै गरेको को १ […]