०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सीएम श्रेष्ठ अर्किडको प्राचार्यमा नियुक्त

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो ।

यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन ।

गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई अगाडी बढाउने नवनियुक्त प्राचार्य श्रेष्ठले बताए । विद्यार्थी किताबि ज्ञानमा मात्र अब्बल भएर हुदैन, बदलिँदो युग अनुसार प्रतिष्पर्धि बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अर्किडले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार पार्ने उनले बताए । हरेक विद्यार्थीलाई खोज अनुसन्धान होस या इच्छाअनुसारको कम्तिमा दुई विधामा अतिरिक्त कृयाकलापमा भाग लिन उत्प्रेरित गर्दै अगाडी बढाउने उनले बताए ।
अर्किड कलेजका अध्यक्ष अमित ढकालले प्राचार्यमा सीएम श्रेष्ठको आगमनले शिक्षा क्षेत्र सुधारमा ठूलो टेवा पुग्ने बताए ।

कक्षा १२ सम्म पढाइ हुने अर्किडमा विज्ञान, व्यवस्थापन पढाइ हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]