१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

सीएम श्रेष्ठ अर्किडको प्राचार्यमा नियुक्त

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो ।

यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन ।

गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई अगाडी बढाउने नवनियुक्त प्राचार्य श्रेष्ठले बताए । विद्यार्थी किताबि ज्ञानमा मात्र अब्बल भएर हुदैन, बदलिँदो युग अनुसार प्रतिष्पर्धि बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अर्किडले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार पार्ने उनले बताए । हरेक विद्यार्थीलाई खोज अनुसन्धान होस या इच्छाअनुसारको कम्तिमा दुई विधामा अतिरिक्त कृयाकलापमा भाग लिन उत्प्रेरित गर्दै अगाडी बढाउने उनले बताए ।
अर्किड कलेजका अध्यक्ष अमित ढकालले प्राचार्यमा सीएम श्रेष्ठको आगमनले शिक्षा क्षेत्र सुधारमा ठूलो टेवा पुग्ने बताए ।

कक्षा १२ सम्म पढाइ हुने अर्किडमा विज्ञान, व्यवस्थापन पढाइ हुने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]