०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

ज्याेती मगरले बिहिबार कञ्चनबारी महोत्सव तताउने

Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख ६। विराटनगरकाे कञ्चनबारीमा भईरहेकाे व्यापार मेला महोत्सव बिहिबार सुपर हट गायिका ज्याेती मगरले तताउने भएकी छिन् ।  यस अघि कलाकारहरु धुर्मुस सुन्तली, अन्जु कुस्मी, प्रिति पासवान, गायक मेलिना राई, महेश काफ्ले, सुमित खड्का, अन्जु गाैतम, तृष्णा गुरुङ लगाएतले यस मेलामा प्रस्तुती दिईसेकका छन् । ज्याेती मगर आफ्नाे गायनकाे साथ साथै तड्किलाे भड्किलाे प्रस्तुतीकाे लागी प्रसिद्ध छिन् ।

‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ विराटनगरकाे आयलनिगम कञ्चनबारीमा औद्योगिक तथा व्यापार मेला महोत्सव एवम प्रर्दशनी जारी छ । विराटनगर स्थित आयलनिगम छेउको राजबंशी मैदानमा भएको मेला चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म सञ्चालन हुदैछ । मेलाकाे आयाेजना साझा प्रयास नेपालले गरिरहेको छ । मेलामा ८० व्यापरिक स्टल छन्  । र दैनिक सांस्कृतिक एवं मनाेरञ्नात्मक प्रस्तुतीहरु पनि हुने गरेका छन् । मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत राखिएको छ ।

संस्थाकी अध्यक्ष आशा खड्काले मेला आयोजनाले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने आशा ब्यक्त गरिन । महिलाहरुमात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी खड्काले गरिन् । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ । योग्य र उचित स्थानमा मेला आयोजना भएकोले भव्यरुपमा सम्पन्न हुने आशा आयोजकको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]