०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा १५ जाेडीकाे सामूहिक विवाह

प्रत्येक जाेडीलाई सुनचाँदीका गहना र फर्निचर उपहार
Logo
जनचर्चा संवाददाता

विराटनगर, वैशाख ६ । बिहिबार महेश्वरी महिला मञ्च विराटनगरले एकै थलाेमा १५ जाेडीकाे सामूहिक विवाह गराएकाे छ। माेरङ्ग र झापाका १५ विपन्न जाेडीलाई मंञ्चले आज विराटनगरमा सामूहिक विवाह गराएकाे हाे ।

विराटनगरको श्री विराटेश्वर शिव मन्दिरमा वैवाहिक विधि सम्पन्न गरी बेहुला बेहुलीको संयुक्त टोली विवाह स्थल अतिथि सदन पुगेका थिए । विवाह समाराेहमा नवविवाहित प्रत्येक जाेडीलाई मञ्चले १ थान सुनको तिलहरी, चाँदीका गहना, दराज, ओछ्‌याउने ओढ्ने र लगाउने लत्ताकपडा समेत उपहार प्रदान गरेकाे थियाे ।

विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्की  साे विवाह समाराहकाे प्रमुख अथिति रहेकी थिईन् ।  नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष भीम घिमिरे, परिसंघका कोशी प्रदेश उपाध्यक्ष रमेश राठी, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उद्योगी चम्पालाल राठी लगाएतकाे विवाहमा उपस्थिती रहेकाे थियाे । 

माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष पुनम राठीकाे सभापतित्व र अर्चना तापडियालाई संयोजकत्वमा सामूहिक विवाह कार्यक्रम सम्पन्न भएकाे थियाे। 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]