०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरका सडक खाल्डाे पुर्दै “दर्शन नेपाल”

Logo
निरज बस्नेत

विराटनगर, वैशाख १२ ।   विराटनगरको ‘दर्शन नेपाल नि:शुल्क अभियान’ले सडकमा रहेकाे खाल्डाेखुल्डी पुर्ने अभियानकाे थालनी गरेकाे छ । विगतकाे केहि वर्षदेखि निरन्तर समाजिक कार्यमा जुटेकाे साे अभियानले मंगलबार विराटनगरकाे विभिन्न सडकहरुमा रहेकाे खाल्डाेखुल्डीलाई पुरेकाे छ ।

साे अभियानकाे शुरुवात महेन्द्र माेरङ्ग क्याम्पसकाे मुख्यद्वारा अगाडि रहेकाे सडक खाल्डाेलाई पुरेर गरिएकाे छ । खाल्डाे पुर्ने अभियान अझ केहि दिनसम्म जारी रहने अभियानका अध्यक्ष दिपक ढकालले बताए । ढकाल भन्छन् “विराटनगरमा कता कता खाल्डाे छ, खाेज्दै जाने र पुर्दै जाने हाे । सकेसम्म सबै खाल्डाे पुरेर मात्र अर्काे कार्यतर्फ लाग्ने हाम्राे याेजना छ ।”

अभियानले खाल्डाेमा गिट्टी, बालुवा र सिमेन्टकाे मिश्रण हालेर सडक मर्मत गरिरहेकाे छ । साे सडक निर्माणकाे लागी अभियानका सबै सदस्यले निरन्तर श्रमदान समेत दिईरहेका छन् । यस अभियानका अध्यक्ष दिपक ढकाल, सचिब रबि ठकुरि, सदस्यहरु सीता बस्नेत, गोपाल लिम्बू, शशी दाहाल, भावना, सुनिता, मिरा दाहाल, योगेश भण्डारी, इन्दिरा पराजुली, फिरोज आलम रहेका छन् ।

दर्शन नेपाल नि:शुल्क अभियानले  नि:शुल्क शव बहानको व्यवस्था , विरुवा स्याहार कार्यक्रम,  नि:शुल्क एम्बुलेन्स सेवा, विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान जस्ता सामाजिक कार्यहरु निरन्तर गर्दै आएकाे छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]