०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

नेपाल र कतारबीच समझदारीमा हस्ताक्षर

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १३ वैशाख । कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा ८ विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक समेत सम्पन्न भएको छ। प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोज समेत दिएका थिए । मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी बुधबार नै फर्किसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]