०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

श्याम मन्दिरले पाई पाईको हिसाब दिने

Logo
निरज बस्नेत

विराटनगर, वैशाख २० ।
श्याम मन्दिर विराटनगरले मन्दिरका लागी उठेको सबै दान दक्षिणाको हिसाब किताब चाँडैनै सार्वजनिक गर्ने तयारी गरेको छ । मन्दिर निर्माणको लागी उठेको रकम सार्वजनिक नगरेको भन्दै पछिल्लो समय मिडियाबाजी भएपछि मन्दिर समितिले यथाशिघ्र हिसाबकिताव सार्वजनिक गर्न लागेको हो । आर्थिक हिनामिना भएको जनाउ दिने मिडियाका समाचारहरुको कारण जनस्तरबाटै मन्दिर समितिले व्यापक आलोचना खेप्नु परीरहेको छ ।

यता मन्दिर समितिका अध्यक्ष राकेश वंसलले मन्दिरको हर हिसाबकिताब समितिको रेर्कडमा सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो १८ वर्षदेखि संकलन भएको सबै दानदक्षिणाको प्रमाणहरु समितिसँग सुरक्षित रहेको अध्यक्ष बंसलले बताएका छन् । बंसल भन्छन् “मन्दिरको पैसा अपचलन गर्ने बारे हामी सपनामा पनि सोच्न सक्दैनौं, रु सयको पनि हामीसँग चिर्कटो छ, यस विषयमा कोहीपनि भ्रममा नपर्न आग्रह गछौं, छिट्टै हिसाव सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।”

तिनचार महिनाभित्रै विषेशसभा बोलाएर सबै हिसाब किताब सार्वजनिक गर्ने मन्दिर समितिको योजना समेत रहेको छ । अहिले हिसाव–कितावहरु फर्छ्यौट भईरहेको र सकेसम्म तिनचार महिनाभित्रै अन्तिम अडिट गरेर आय–व्यय सार्वजनिक गर्ने समितिको भनाई छ । समितिले मन्दिर निर्माणको खर्चसँगसगै यहाँ उठेका दानदक्षिणाको बारेमा समेत सार्वजनिक रुपमा जनकारी गराउने भएको छ । मन्दिर परिसरमा रहेको व्यवसायीक कोठाहरु समेत समितिले खुला टेण्डर आह्रवान गरेर लगाउने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]