१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

श्याम मन्दिरले पाई पाईको हिसाब दिने

Logo
निरज बस्नेत प्रकाशित बिहिबार, बैशाख २०, २०८१

विराटनगर, वैशाख २० ।
श्याम मन्दिर विराटनगरले मन्दिरका लागी उठेको सबै दान दक्षिणाको हिसाब किताब चाँडैनै सार्वजनिक गर्ने तयारी गरेको छ । मन्दिर निर्माणको लागी उठेको रकम सार्वजनिक नगरेको भन्दै पछिल्लो समय मिडियाबाजी भएपछि मन्दिर समितिले यथाशिघ्र हिसाबकिताव सार्वजनिक गर्न लागेको हो । आर्थिक हिनामिना भएको जनाउ दिने मिडियाका समाचारहरुको कारण जनस्तरबाटै मन्दिर समितिले व्यापक आलोचना खेप्नु परीरहेको छ ।

यता मन्दिर समितिका अध्यक्ष राकेश वंसलले मन्दिरको हर हिसाबकिताब समितिको रेर्कडमा सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । पछिल्लो १८ वर्षदेखि संकलन भएको सबै दानदक्षिणाको प्रमाणहरु समितिसँग सुरक्षित रहेको अध्यक्ष बंसलले बताएका छन् । बंसल भन्छन् “मन्दिरको पैसा अपचलन गर्ने बारे हामी सपनामा पनि सोच्न सक्दैनौं, रु सयको पनि हामीसँग चिर्कटो छ, यस विषयमा कोहीपनि भ्रममा नपर्न आग्रह गछौं, छिट्टै हिसाव सार्वजनिक गर्ने तयारी गरिरहेका छौं ।”

तिनचार महिनाभित्रै विषेशसभा बोलाएर सबै हिसाब किताब सार्वजनिक गर्ने मन्दिर समितिको योजना समेत रहेको छ । अहिले हिसाव–कितावहरु फर्छ्यौट भईरहेको र सकेसम्म तिनचार महिनाभित्रै अन्तिम अडिट गरेर आय–व्यय सार्वजनिक गर्ने समितिको भनाई छ । समितिले मन्दिर निर्माणको खर्चसँगसगै यहाँ उठेका दानदक्षिणाको बारेमा समेत सार्वजनिक रुपमा जनकारी गराउने भएको छ । मन्दिर परिसरमा रहेको व्यवसायीक कोठाहरु समेत समितिले खुला टेण्डर आह्रवान गरेर लगाउने तयारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]