०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

काेशीका न्यायाधिवक्ता कोइरालाले बुझाए बार्षिक प्रतिवेदन

Logo
जनचर्चा संवाददाता

विराटनगर,२१ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गलाई मुख्य न्यायाधिवक्ताले वार्षिक प्रतिवेदन वुझाएका छन् ।
प्रदेश प्रमुख खापुङ्गलाई  मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले  मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्वन्धी ऐन २०७५ को दफा १२ वमोजिम कार्यालयको आर्थिक वर्ष  २०७९/ ८० को बार्षिक प्रतिवेदन वुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझ्दै लोकतन्त्र, गणतन्त्र र संघीयतालाई बलियो बनाउन विधिको शासन महत्वपूर्ण हुने भन्दै  मुख्य न्यायाधिवक्ताको कार्यालयको काम कारवाहीले यस कार्यलाई मद्दत पुर्‍याएको बताए ।  उनले नेपालको संविधानले कल्पना  गरे अनुसारको  कार्यालयले पालिकास्तरसम्म कानुन निर्माण सम्वन्धी कार्यक्रम संचालन गर्नु महत्वपूर्ण कार्य  रहेको उल्लेख गरे ।
प्रदेश प्रमुख खापुङ्गले कार्यालयले संविधान एवं प्रचलित कानून  वमोजिम भूमिका निर्वाह गरेकोमा प्रंशसा समेत व्यक्त गरे ।
सो अवसरमा प्रतिवेदन पेश गर्दै मुख्य न्यायाधिवक्ता कोइरालाले प्रदेशमा  कानूनको प्रभावकारी कार्यान्वयन गर्नका लागि कानूनी साक्षरता तथा कानून निर्माण क्षमता अभिवृद्धि कार्यक्रम प्रदेशका नौ जिल्लामा  सञ्चालन गरेको जानकारी दिए ।
कार्यालयले आव २०७९/८० मा जिम्मेवारी सरी आएको र सोही वर्ष दर्ता भएको मुद्दा सङ्ख्या १५५ मध्ये फर्छ्र्र्यौट भएको  मुद्दा ४५ र वाकी रहेको मुद्दा सङ्ख्या ११० रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]