१७ साउन २०८३, आइतबार
02-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मुख्य बजारमा खुल्याे एनबीएससीकाे आउटलेट, भाग्यशाली ग्राहकलाई एसी, वासिङ्ग मेसिन र फ्रिज उपहार

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ २ । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो तेस्रो शाखा संचालनमा ल्याएकाे छ । बुधबार एनबीएससीले विराटनगरकाे मैन रोड सेन्ट्रल मल अगाडि तेस्रो शाखा आपचारिक समउद्घाटन गरेकाे छ।

उद्घाटनकाे अवसरमा  जेठ महिनाभरी एनबीएससीले हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत राख्ने भएकाे छ ।  एनबीएससीले  शाखा विस्तारकाे अवसरमा आकर्षक छुटको व्यवस्था समेत गरेको छ ।  यहाँ हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकाे प्रवन्धक अतहर अन्सारीले जनाकारी दिए। साथै जेठ महिनमा समान खरिद गर्ने  कस्टमरहरुमध्यबाट लक्की-ड्र गराई कम्पनीले एसी, वासिङ्ग मेसिन र फ्रिज समेत उपहार दिने भएकाे छ ।

शोरुममा सामसुङ, हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । यस स्वरूममा हाेम एम्लाईन्सका समानहरुकाे साथै विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर समेत राखिएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]