३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा १ सय ९१ क्षयरोगका बिरामी

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, जेठ ०५, २०८१

विराटनगर,५ जेठ/ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ ।

तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताए । उनले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गरे । उनका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् । विराटनगरमा १ सय ९१ जना क्षयरोगी भेटिँदा मोरङमा १ हजार २ सय ३८ जनामा क्षयरोगको संक्रमण भेटिएको उनले बताए । झापा, मोरङ र सुनसरीमा क्षयरोगका बिरामी बढी भेटिने गरेका छन् ।

विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९ औं स्थानमा पर्दछ । महानगरका जनप्रतिनिधि र विभिन्न तहका कर्मचारीहरुलाई क्षयरोगमुक्त नेपाल अभियानसम्बन्धी अभिमुखीकरणमा मेयर नागेश कोइरालाले वडास्तरदेखि नै क्षयरोगमुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का कार्यबाहक अध्यक्ष कल्याण तिम्सिना, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने सहित विभिन्न शाखा र महाशाखाका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]