०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगरमा १ सय ९१ क्षयरोगका बिरामी

Logo
जनचर्चा संवाददाता

विराटनगर,५ जेठ/ विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ जना क्षयरोगका बिरामी फेला परेका छन् ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकअनुसार विराटनगरको वडा नम्बर १ बाहेक सबै वडामा क्षयरोगका बिरामी भेटिएको देखाइएको छ ।

तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंले क्षयरोगको अवस्था विश्वमै भयावह बन्दै गएको बताए । उनले नेपालमा हरेक दिन ४४ जनाको क्षयरोगकै कारण मृत्यु हुने गरेको दाबी गरे । उनका अनुसार वर्षमा यस रोगका कारण १६ हजार जनाले ज्यान गुमाउने गरेका छन् । विराटनगरमा १ सय ९१ जना क्षयरोगी भेटिँदा मोरङमा १ हजार २ सय ३८ जनामा क्षयरोगको संक्रमण भेटिएको उनले बताए । झापा, मोरङ र सुनसरीमा क्षयरोगका बिरामी बढी भेटिने गरेका छन् ।

विश्वका ३० देशमा सबैभन्दा क्षयरोगी भेटिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी भएको मुलुकमा नेपाल ९ औं स्थानमा पर्दछ । महानगरका जनप्रतिनिधि र विभिन्न तहका कर्मचारीहरुलाई क्षयरोगमुक्त नेपाल अभियानसम्बन्धी अभिमुखीकरणमा मेयर नागेश कोइरालाले वडास्तरदेखि नै क्षयरोगमुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ५ का सन्तोष न्यौपाने, ७ का कार्यबाहक अध्यक्ष कल्याण तिम्सिना, ९ का विश्वनाथप्रसाद भगत, १० का अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने सहित विभिन्न शाखा र महाशाखाका प्रमुख र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]