०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

कानपाेखरीमा लागूऔषध सचेतनामुलक कार्यक्रम सम्पन्न

Logo
जनचर्चा संवाददाता

कानेपोखरी, ७ जेष्ठ । आइतबार मोरङको कानेपोखरीमा एकदिने लागू औषधविरुद्धकाे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आदर्श समाज कानेपाेखरीद्वारा आयाेजित साे सचेतामूलक कार्यक्रममा कक्षा ९ र १० का दुई सयबढी विद्यार्थीलाई प्रशिक्षण दिईएकाे छ । जनसेवा माध्यमिक विद्यालयको सभाहलमा आयाेजित कार्यक्रममा आस्रा सुधारकेन्द्र धरानका प्रमुख प्रशिक्षक टिकाराम सिग्देल र रमाइलो चौकीका कार्यालय प्रमुख नारायण प्रसाद भट्टराईले विद्यार्थीहरुलाई लागू औषधकाे असर र यसबाट जाेगिने उपायहरुबारे प्रशिक्षण गराएका थिए।

कार्यक्रमका प्रमुख अतिथी कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला प्रसाद अधिकारीले लागू औषध न्यूनीकरणको लागी थप सचेतना मुलक कार्यक्रमहरु संचालन गर्न गाँउपालिकले मद्दत गर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले लागू औषधलाई न्यूनीकरण गर्नको लागि मोरङ प्रहरीले  सामुदायिक प्रहरीमार्फत कार्यक्रमहरु गरिरहेको जानकारी गराए ।

कार्यक्रममा कानेपोखरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खडग बहादुर बस्नेत ,इलाका प्रहरी पथरीका डिएसपी गणेश बहादुर श्रेष्ठ , कानेपोखरी गाउँपालिका वडा नं ६ वडा अध्यक्ष चरण गुरुङ, कानेपोखरी अस्पतालका स्वास्थ शाखा प्रमुख रोहिन्द्र राज भण्डारी , जनएकता साकोसका अध्यक्ष सन्तोष फुयल , स्वतन्त्र युवा क्लब रमाइलोका अध्यक्ष भविस गुरुङ , जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]