०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

शिविरमा ५ हजारभन्दा बढीले गराए स्वास्थ्य जाँच

Logo
जनचर्चा संवाददाता

विराटनगर,८ जेठ/ विराटनगर महानगरपालिकाले सञ्चालन गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य जाँच शिविरबाट ५ हजारभन्दा बढीले सेवा लिएका छन् ।

महानगरले १९ वटै वडामा सञ्चालन गरेको शिविरमा ५ हजार २२ जनाले स्वास्थ्य जाँच गराएको महानगरको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलीप यादवले जानकारी दिए ।

शिविरको औपचारिक रुपमा समापनसमेत गरिएको छ । महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेललगायतको उपस्थितिमा शिविरको औपचारिक समापन गरिएको थियो ।

स्वास्थ्य जाँचअन्तर्गत फिजिसियनतर्फ २ हजार ३ सय २१ जनाले सेवा लिँदा हाडजोर्नीतर्फको सेवा ८ सय ६१ जाले लिएका छन् । त्यस्तै स्त्री तथा प्रसूतितर्फ ६ सय ७३ जना, बालरोगतर्फ ६ सय ४६ जना, मुख तथा दाँतको जाँच २ सय ५१ जना र छाला तथा यौनरोगतर्फ ४ सय ३६ जनाले जाँच गरेको संयोजक यादवले बताए ।

त्यसैगरी भिडियो एक्स–रे १ हजार ३ सय ७२ जनाले गराउँदा इसीजी ६ सय ५६ जनाले गराएका छन् । पाठेघरको जाँच ५ सय ७० जना, ल्याब सेवा लिनेको संख्या १ हजार २ सय ५२ जना रहेको छ । शिविरमा आएका मध्ये १ सय ९६ जना शंकास्पद क्षयरोगीहरुको खकार संकलन गरी परीक्षण गरिएको छ । जसमध्ये एकजनामा बहुऔषधि प्रतिरोधी क्षयरोगी पहिचान भएको छ ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी वडा नम्बर १९ मा ४ सय २२ जनाले सेवा लिएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा १ सय १८ जनाले सेवा लिएको स्वास्थ्य शिविरका सम्पर्क व्यक्ति भोलानाथ तिम्सिनाले जानकारी दिए ।
महानगरपालिकाले स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको मेयर नागेश कोइरालाको भनाइ छ । विराटनगरलाई मोतियाबिन्दुमुक्त महानगर बनाउने अभियानअन्तर्गत आँखा जाँचका लागि विभिन्न ६ वटा वडाको स्वास्थ्य केन्द्रलाई साप्ताहिक आँखा जाँच क्लिनिक तोकिएको समेत कोइरालाले बताए ।

यसबाहेक १९ वटै वडामा विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा जाँच शिविर पनि सञ्चालन भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]