०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा मनाईयाे राजा महेन्द्रको १०५ औं जन्मजयन्ती

Logo
जनचर्चा संवाददाता

विराटनगर,३१ जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिकाे अगुवाईमा विराटनगरका स्थानीयले राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएका छन् ।

समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको साे जन्मउत्साेव कार्यक्रममा सयौ आम नागरिकहरुकाे उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा महेन्द्रको योगदानबारे चर्चा गरेका थिए ।

उनीहरुले ‘अहिले नेपाल र नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको बताए । २००७ सालदेखिको प्रजातन्त्रको रटानले नेपाल र नेपालीको अस्तित्व समाप्त हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाका कारण मुलुकको अवस्था ओरालो लाग्दै गरेको र यसका विरुद्ध आवाज उठाउन उनीहरुले आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]