०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने गृहमन्त्री लामिछानेकाे घोषणा

Logo
जनचर्चा संवाददाता

काठमाडौं , असार १ ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार सबै आम नागरिकका लागि खुला गर्ने घोषणा गरेका छन् ।

शुक्रबार आफूले कार्यकालको सयदिन पूरा गरेको सन्दर्भ पत्रकार सम्मेलन गरेर गृहमन्त्री लामिछानेले सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र हुने आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउने प्रवृत्तिको अन्त्यका लागि आम जनताको लागि सिंहदरबार खुला गरेको बताए ।

उनले भने, ‘सिंहदरबारका प्रवेश पहुँचवालाहरुको लागि मात्र थियो । आफ्ना मान्छे भएकाहरुले मात्र छिर्न पाउने थियो । अब सिंहदरबार छिर्न काम हुनु पर्छ । नागरिकता हुनुपर्छ । अब सिंहदरबार छिर्नका लागि कसैलाई चिन्नुपर्दैन । आफ्नो मान्छे भित्र भए मात्र फोन गरेर काम गर्न पाउँने त्यसलाई अन्त्य गर्ने हाम्रो प्रयास हो । पहुँचवालाले सिफारिस गर्नुपर्दैन । सुरक्षित तरिकाले आम नेपालीका लागि अब सिंहदरबार खुला छ ।’

यस्तै, उनले अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने पनि बताए । गृह मन्त्रालय अन्तर्गतका निकायमा भोली देखिनै क्यूआर कोड राखिने र सो क्यूआर स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्याउन सकिने व्यवस्था गरिने उनले जानकारी दिए ।

उनले भने,‘नागरिकले भन्ने गर्नुहुन्छ नि कहिले काँही मेरो उजुरी लिएन,प्रहरीले मेरो कुरा सुनेन,कर्मचारीले सुनेन भन्ने कुरा उहाँहरुले सुनाउँन कहाँ जाने त ? अब त्यस्तो सिँधै गृह मन्त्रीलाई भन्न सकिन्छ । राम्रोदेखि नराम्रा अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पु¥याउन सक्नेगरी व्यवस्था मिलाएका छौं । भोलीबाट धेरैभरीका सबै कार्यालयमा गृहमन्त्रीलाई भन्नुहोस् भन्ने क्यूआर कोड टासेको देख्न सक्नुहुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]