०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

योग दिवसका अवसरमा विराटनगरमा विविध कार्यक्रम

Logo
जनचर्चा संवाददाता

विराटनगर,७ असार/ १० औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक योग साधना केन्द्रले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा आयोजित कार्यक्रममा योग प्रशिक्षक शोभा कोइरालाले ज्येष्ठ नागरिकहरुलाई एक घन्टा योगाभ्यास गराएकी थिइन् । त्यस्तै विगतमा विभिन्न रोगबाट पीडित भए व्यक्तिहरुले योग गरेपछि निको भएको भन्दै स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको बताएका थिए ।

कार्यक्रममा राम कोइराला, श्याम मेहताले नियमित योग गरेकै कारण आफूहरु रोग लागेर पनि पूर्ण निको भएको बताए । कार्यक्रमका प्रमुख अतिथि विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको बताए । उनले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पु¥याउने दाबी गरे । स्वस्थ रहन योग अति नै जरुरी रहेको उनको भनाइ थियो ।

कार्यक्रममा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा, ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष अर्जुन भट्टराई, सञ्चारकर्मी माधव अधिकारीलगायतले योगको महत्वका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी कमला कँडेल र कृष्ण कँडेलले ज्येष्ठ नागरिक भवनका लागि १६ हजार ५ रुपैयाँ प्रदान गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]