०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कटहरीमा नृत्य तथा गायन अन्तरविद्यालय प्रतियोगिता

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार १० । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत विद्यालय सहित ११ वटा विद्यालय सहभागी भएका छन् । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराएर प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि १२ सम्म दुई समुहमा विभाजनगरि प्रतिस्पर्धा गराईएको थियो । विद्यार्थीहरुलाई नृत्य र गायन विधामा प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ गायन विधामा श्री आधारभुत विद्यालयकी छात्रा गायत्री मगर प्रथम, सोहि विद्यालयकी बिना कुमारी उराव दोश्रो र प्रजातन्त्र माध्यमिक विद्यालयकी बालसरी उराव तेश्रो भएकी छिन । यस्तै कक्षा ६ देखी १० सम्म नृत्य तर्फ भगवती आधारभुत विद्यालय प्रथम,श्री आधारभुत विद्यालय दोश्रो र जनता माध्यमिक विद्यालय तेश्रो भएका छन । संस्थागत विद्यालय नृत्यतर्फ ध्रुवतारा बोर्डिङ प्रथम,क्रिम्शन नेश्नल पब्लिक स्कुल दोश्रो र राष्ट्रिय आदर्श विद्या मन्दिर तेश्रो भएको छ ।

विजयीहरुलाई कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी र श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बलबहादुर बस्नेतले पुरस्कार वितरण गरे ।प्रतियोगिताका विजयी प्रथम,दोश्रो र तेश्रोलाई क्रमश २ हजार पाँच सय,२ हजार र एक हजार पाँच सय मूल्य बराबरको शैक्षिक सामाग्री,मेडल र प्रमाणपत्र प्रदान गरिएको श्री आधारभुत विद्यालयका प्रधानाध्यापक बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]