१२ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
Gold Silver Price (9 Kartik 2082, SUN)
Fine Gold 1 Tola NRs. 242400
Silver 1 Tola Nrs. 3030

विराटनगर महानगरद्वारा धान रोपाइँ कार्यक्रमको आयोजना

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, आषाढ १६, २०८१

१६ असार,विराटनगर । २१ औं धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महानगरले रोपाइँ आयोजना गरेको हो । महानगरको कृषि शाखाले हरेक वर्ष असार १५ अर्थात् धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ ।
अघिल्लो वर्ष वडा नम्बर १८ मा धान रोपाइँ आयोजना गरेको थियो भने गत वर्ष वडा नम्बर १२ को बखरीमा रोपाइँ गरेको थियो । यस वर्ष महानगरले वडा नम्बर १९ मा धान रोपाइँ आयोजना गरेको कृषि शाखाका प्रमुख खगेश्वर नेपालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेलगायत विभिन्न शाखा र महाशाखा प्रमुखहरुले धान रोपेका थिए । रोपाइँमा स्थानीयसमेत सहभागी भएका थिए ।
रोपाइँ शुभारम्भपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर कोइरालाले कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुभयो । उहाँले पछिल्लो समय कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ४० वर्षअघिसम्म धान, चामल, तोरीलगायतका वस्तु निर्यात गर्ने नेपाल पछिल्लो समय हरेक वर्ष ५५ अर्बको चामलसहित करिब ६ खर्ब रुपैयाँ बराबरका खाद्य वस्तु आयात गर्नुपर्ने अवस्थामा पुग्नु दुखद भएको उहाँको भनाइ थियो ।

विराटनगरभित्र पनि थुप्रै खाली जमिन भएकाले त्यसमा कृषि उत्पादन बढाउन महानगरले उन्नत जातको बिऊ, मल, सिंचाइलगायतका सुविधा उपलब्ध गराउँदै आएको उहाँले दाबी गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌, कार्तिक ०९ ।  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँले घटेको छ। छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तिहारअघि कात्तिक ३ गते सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि २६५ रुपैयाँले घटेर प्रतितोला […]

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]