०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

विराटनगर महानगरद्वारा धान रोपाइँ कार्यक्रमको आयोजना

Logo
जनचर्चा संवाददाता

१६ असार,विराटनगर । २१ औं धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।
‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महानगरले रोपाइँ आयोजना गरेको हो । महानगरको कृषि शाखाले हरेक वर्ष असार १५ अर्थात् धान दिवसका अवसरमा रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको छ ।
अघिल्लो वर्ष वडा नम्बर १८ मा धान रोपाइँ आयोजना गरेको थियो भने गत वर्ष वडा नम्बर १२ को बखरीमा रोपाइँ गरेको थियो । यस वर्ष महानगरले वडा नम्बर १९ मा धान रोपाइँ आयोजना गरेको कृषि शाखाका प्रमुख खगेश्वर नेपालले जानकारी दिनुभयो ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेलगायत विभिन्न शाखा र महाशाखा प्रमुखहरुले धान रोपेका थिए । रोपाइँमा स्थानीयसमेत सहभागी भएका थिए ।
रोपाइँ शुभारम्भपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मेयर कोइरालाले कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुभयो । उहाँले पछिल्लो समय कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । ४० वर्षअघिसम्म धान, चामल, तोरीलगायतका वस्तु निर्यात गर्ने नेपाल पछिल्लो समय हरेक वर्ष ५५ अर्बको चामलसहित करिब ६ खर्ब रुपैयाँ बराबरका खाद्य वस्तु आयात गर्नुपर्ने अवस्थामा पुग्नु दुखद भएको उहाँको भनाइ थियो ।

विराटनगरभित्र पनि थुप्रै खाली जमिन भएकाले त्यसमा कृषि उत्पादन बढाउन महानगरले उन्नत जातको बिऊ, मल, सिंचाइलगायतका सुविधा उपलब्ध गराउँदै आएको उहाँले दाबी गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]