११ जेठ २०८२, शनिबार
24-05-2025 , Sat
Gold Silver Price (9 JESTHA 2082, FRI)
Fine Gold 1 Tola NRs. 190400
Silver 1 Tola Nrs. 2020

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, आषाढ १६, २०८१

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा पेट्रोल १६७ रुपैयाँ र डिजेल तथा मट्टितेल १५७ रुपैयाँ पुगेको छ ।

त्यस्तै, दोस्रो वर्गमा पर्ने सुर्खेत दाङ लगायत क्षेत्रमा पेट्रोल १६६ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ  तथा पहिलो वर्गमा पर्ने तराईका अन्य जिल्लाहरुमा पेट्रोल १६४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल १५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं १० जेष्ठ । गणतन्त्र दिवसकै दिन पारेर  राजावादी समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आन्दोलन घोषणा गरेसँगै यसबारे चर्चा–परिचर्चा हुँदै आएको छ भने उक्त समूहले अहिले आन्तरिक तयारीलाई तीव्रता दिइरहेको छ । सुवेदीको नेतृत्वमा गत चैत ४ मा पहिलो पटक राजसंस्था पुनर्स्थापनाका लागि भन्दै […]

 काठमाडौ,जेठ १०। गायक दिपेश मिश्र र समिक्ष्या दाहालको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘पल’ छिट्टै सार्वजनिक हुने भएको छ। यस गीतमा शब्द तथा संगीत गायक दिपेश मिश्र स्वयंले सिर्जना गरेका हुन्। सचित खड्काको निर्देशनमा तयार भएको भिडियोमा जीवन काजी थापा, रचना गौतम र अमिशा दाहालले अभिनय गरेका छन्। प्रेमभावनामा आधारित यस गीतलाई ग्यानेन्द्र शर्माले छायांकन […]

झापा, जेठ १० । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना  विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्री समेत बितरण गरेको छ । बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी चार हजार पाँच सय रुपैयाँ बरावरको स्कूल व्याग सहितका स्टेशनरी […]