०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

अमेरिकामा चक्र विज्ञान जागरण सप्ताह सम्पन्न : ४ सय बढी नेपाली लाभान्वित

Logo
जनचर्चा संवाददाता

काठमाडौं, १८ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न एक साता चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । ध्यान, याेग र अध्यात्मकाे माध्यमबाट शरिरलाई स्वास्थ्य र स्फुर्त राख्ने विधि चक्र विज्ञान हाे ।  एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग र ध्यानको ज्ञानसँगै प्रयोग र अभ्यासले आफुमा परिवर्तन भएको महसुस भएको बताउनुभयो । उहाँले आफूले बुझेकोभन्दा अध्यात्मको ज्ञान बृहत भएको अनुभूति अभिव्यक्त समेत गर्नुभयाे ।
कार्यक्रम सहभागी हुन पुगेका डा. रुद्र भट्टले जीवनमा कही पनि नपाएको ज्ञान र साधनाको विधि पाएको बताउँदै यसले जीवनमा शान्ति मिलेको अनुभव सुनाउनु भयो । आर्का सहभागी ध्रुवराज गिरीले कार्यक्रमले आफूमा आत्मबल, आध्यात्मिक शक्ति र जीवन प्रतिको उत्प्रेरणा जगाएको बताउनु भयो । उहाँले विभिन्न विधिहरूको उत्कृष्ट संयोजन भएको कार्यक्रमले हरेक मानिसको जीवन परिवर्तन गर्ने जनाउनुभयो । त्यस्तै सन्तोष सुब्बाले कार्यक्रम जीवनउपयोगी भएको बताउँदै कार्यक्रममा सिकेको ज्ञान र विधि र अभ्यासलाई निरन्तरता दिन सके मानवको उद्धार हुने महसुस भएको बताउनुभयो ।
कार्यक्रममा सात दिनसम्म जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले हरेक मानिसभित्र रहेको चक्ररुपी ऊर्जा सक्रिय र सन्तुलित बनाउन ध्यानका वैज्ञानिक, व्यवहारिक र प्रयोगात्मक कक्षाहरू सञ्चालन गर्नुभएको थियो । विश्व हिन्दु भुटानी संगठनको आयोजनामा अमेरिकाको ओहायो स्थित ओम सेन्टरमा जुन २३ देखि २९ सम्म चलेको चक्र विज्ञान सप्ताहमा अमेरिकाका विभिन्न राज्यबाट चार सयभन्दा बढी व्यक्तिको सहभागिता थियो ।
कार्यक्रम समापनमा अवसरमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष शुशिल शर्मा, जीवन विज्ञान परिषद् अमेरिका सह–संयोजक रचना सुवेदी, डा.लक्ष्मिनारायण ढकाल, विश्व हिन्दु भुटानी संगठनका अध्यक्ष कमल धिमाल सहितका पदाधिकारीलगायतको उपस्थिती थियो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]