१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

लायन विराटनगर इनोभेटिभकाे नेतृत्वमा पराजुली

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आषाढ १९, २०८१

विराटनगर,१९ असार । लायन क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४र०२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । उनले हालैको हप्ता जिम्मेबारी पाएकी हुन् । उनी नेतृत्वमा आएसंगै विभिन्न सामाजिक कार्यक्रमको घोषणा गरेकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् ।

उनको पहिलो कार्यक्रम अन्तरगत विराटनगर पुष्पलाल चोकमा रहेको जागृति महिला वृद्धाआश्रममा आश्रीत आमाहरुलार्य खाना तथा मिष्ठान्न भोजन गराउने काम भएको छ । यस्तै इनोभेटिभले जुलाई २ मा मानव सेवाआश्रममा भोजन, जुलाई ३ मा विपद व्यवस्थापन एवं राहत वितरण,जुलाइ ४ मा योगा,५ मा क्यान्सर विरुद्ध सचेतना,६ मा शैक्षिक सामाग्री वितरण र जुलाई ७ मा वृक्षारोपणको कार्यक्रम तय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिइन् ।

उक्त कार्यक्रममा इमिडियेट पास्ट प्रेसिडेन्ट विजयहरि शर्मा,नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,लायन इनोभेटिभकी पूर्व अध्यक्ष रिता पोखरेल, लायनका पूर्व अध्यक्ष लीला ढुङ्गेल, भीम घिमिरे, फूलकुमार लालवानी, लायन अजिता बराल, जीना श्रेष्ठ,नेपाली कांग्रेसका युवा नेता प्रविन जोशी,विनायक पन्त लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]