०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

लायन विराटनगर इनोभेटिभकाे नेतृत्वमा पराजुली

Logo
जनचर्चा संवाददाता

विराटनगर,१९ असार । लायन क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४र०२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । उनले हालैको हप्ता जिम्मेबारी पाएकी हुन् । उनी नेतृत्वमा आएसंगै विभिन्न सामाजिक कार्यक्रमको घोषणा गरेकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् ।

उनको पहिलो कार्यक्रम अन्तरगत विराटनगर पुष्पलाल चोकमा रहेको जागृति महिला वृद्धाआश्रममा आश्रीत आमाहरुलार्य खाना तथा मिष्ठान्न भोजन गराउने काम भएको छ । यस्तै इनोभेटिभले जुलाई २ मा मानव सेवाआश्रममा भोजन, जुलाई ३ मा विपद व्यवस्थापन एवं राहत वितरण,जुलाइ ४ मा योगा,५ मा क्यान्सर विरुद्ध सचेतना,६ मा शैक्षिक सामाग्री वितरण र जुलाई ७ मा वृक्षारोपणको कार्यक्रम तय गरिएको अध्यक्ष पराजुलीले जानकारी दिइन् ।

उक्त कार्यक्रममा इमिडियेट पास्ट प्रेसिडेन्ट विजयहरि शर्मा,नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुली,लायन इनोभेटिभकी पूर्व अध्यक्ष रिता पोखरेल, लायनका पूर्व अध्यक्ष लीला ढुङ्गेल, भीम घिमिरे, फूलकुमार लालवानी, लायन अजिता बराल, जीना श्रेष्ठ,नेपाली कांग्रेसका युवा नेता प्रविन जोशी,विनायक पन्त लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]