०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

फाउण्डेसनले मनायो जी.पी. काेईरालाकाे जन्मजयन्ती

Logo
जनचर्चा संवाददाता

विराटनगर, १९असार। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली अर्पण गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष सुधिर रेग्मी ,मोरङ जिल्ला अध्यक्ष राजकुमार मण्डल र विराटनगरका नगर अध्यक्ष प्रविन जोशी नेतृत्वमा अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरिएको थियो । कार्यक्रममा फाउण्डेसन मोरङका पूर्व अध्यक्ष कौशल निरौला, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रविनराज सिंह, नेपाली कांग्रेसका युवा नेताहरु विनायक पन्त ,फाउण्डेशन प्रदेशको कोषाध्यक्ष शारदा मण्डल, प्रदेश सदस्यहरु चाँद इराकी, संझना पौडेल,जिल्ला सह सचिव अनुराग पाठक, सदस्य दीपक नेपाल लगायतको सहभागिता रहेको थियो ।

यसैगरी कोइरालाको जन्म शताब्दीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी गरिएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बहस कार्यक्रम आयोजना गरेको छ । त्यस्तै, कोइरालाको जीवनीसँग सम्वन्धित फोटो प्रदर्शनी समेत आयोजना गरिएको छ । प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा लगायत नेता पुगेका छन् । कांग्रेसले अन्य जिल्लामा पनि कोइरालाको जन्मजयन्तिको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ असार १८ गते भएको थियो । २०६२/०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका कोइराला पाँचपटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको २०६६ साल चैत ७ गते काठमाडौंमा निधन भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]