१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

रोटरी क्लब विराटनगर फ्युजनको अध्यक्षमा विवेक अग्रवाल निर्वाचित

Logo
जनचर्चा संवाददाता प्रकाशित शनिबार, आषाढ २२, २०८१

विराटनगर, असार २२ । रोटरी क्लब विराटनगर फ्युजनको नयाँ अध्यक्षमा विवेक अग्रवाल निर्वाचित भएका छन्। विराटनगरका युवा उद्यमी अग्रवाल यस क्लबको ८ औं अध्यक्ष हुन्। बुधवार विराटनगरमा आयोजित एक विशेष समारोहमा उनको पदस्थापन गरिएको छ।

रोटरी क्लब विराटनगर फ्युजन विश्वको एकमात्र यस्तो क्लब हो जहाँ केवल विवाहित जोडीहरू मात्र सदस्य हुन सक्छन्। सन् २०१६ मा स्थापित यस क्लबमा हाल १८ जोडी सदस्य छन्। यसको मुख्य उद्देश्य समाजसेवा गर्नु हो र सदस्यहरूले वर्षैभरि विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन्।

पदस्थापन कार्यक्रममा रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्व गभर्नरहरू गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजु थपलिया लगायतका गणमान्य व्यक्तिहरूको उपस्थिति थियो। यसै अवसरमा पत्रकारहरू शंकर खरेल, वीरेन्द्रकुमार साह र सन्तोष बाँस्तोलालाई सम्मान गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]