०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

१७ वर्षीय सुजल कोइरालाद्वारा निर्मित ‘निदान’ चलचित्रको विराटनगरमा प्रदर्शन

Logo
जनचर्चा संवाददाता

विराटनगर,२३ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता पराजुलीले विराटनगर राजनैतिक चेतनाको थलो मात्रै नभएर चलचित्र,साहित्य र कलाक्षेत्रका हरेक विधामा सशक्त रहेको बताए । कलिलो उमेरमै चलचित्र बनाएर सामाजिक क्षेत्रका कुराहरु उठान गरेको भन्दै उनले कोइरालाको प्रशंसा गरे । चलचित्र,साहित्य र कलाक्षेत्र लगायत अन्य विधामा केही गरौ भन्नेहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए ।

शेैक्षिक अभियन्ता तथा एभरेष्ट बोर्डिङका प्रिन्सिपल टिकाराम पुरीले किशोर अवस्थामै चलचित्र बनाएर कोइरालाले आफ्नो भविष्यको शुरुवात गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए । उनी आफ्नो विद्यार्थी पनि भएको र नजिक बाट भविष्य बोकेको उर्जाशिल विद्यार्थीकारुपमा आफुले लिएको बताए ।

विराटनगर स्थित परोपकार सामुदायीक भवनको सभाहलमा भएको कार्यक्रममा विराटनगर-३ का वडाध्यक्ष बासु बस्नेत, चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधान ,कलाकार इन्द्र परियार,गायक प्रवलदीप विश्वास लगायतको सहभागिता रहेको थियो । सयौ दर्शकहरुले चलचित्र च्यारिटी सो हेदै कोइरालाको प्रशंसा गरेका थिए । आगामी दिनहरुमा अझ उत्कृष्ट फ्लिम बनाउन सकिने सुजलले बताए । कलाक्षेत्रमा केही गरौ भन्ने भावनाका साथ यो क्षेत्र रोजेको उनले सुनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]