२४ माघ २०८२, शुक्रबार
06-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बुढानीलकण्ठ माविद्वारा ४ जिपीए ल्याउने शिरिन भट्टराईलाई भव्य सम्मान

Logo
जनचर्चा संवाददाता

विराटनगर, असार २६। विराटनगर-२ स्थित बुढानीलकण्ठ माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी शिरिन भट्टराईलाई सम्मान गरेको छ। ४ जीपीए हासिल गरेकी भट्टराईलाई स्कुलले मंगलबार आयोजित एक भव्य कार्यक्रममा नगद रु. २५,०००, कदरपत्र र दोसल्लाले सम्मान गर्‍यो।

सम्मान कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो सफलताको श्रेय कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र निरन्तर अध्ययनलाई दिइन्। उनले विज्ञान संकायमा अध्ययन गर्ने तयारी गरेकी छिन् । उनले भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेकी छिन्

बुढानीलकण्ठ माविका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार, स्कुलबाट एसईई दिएका ८९ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। ३७ जनाले ३.६ भन्दा माथि, ३८ जनाले ३.२ भन्दा माथि, र १४ जनाले २.८ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। स्कुलले आफ्नो निरन्तर उत्कृष्ट नतिजाको श्रेय सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण र मेहनती शिक्षकहरूलाई दिएको छ। यस वर्षको नतिजाले बुढानीलकण्ठ मावि गुणस्तरीय शिक्षामा अग्रणी रहेको पुष्टि गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,२२ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रविधिका माध्यमबाट हुनेसक्ने दुरुपयोग रोक्न योजनाबद्ध काम भइरहेको बताएका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाल टिकटकसँग आज गरेको समझदारीपत्र आदानप्रदान समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक सम्झौता भएको बताए । टिकटकसँग सम्झौता गरेपछि यसका […]

काठमाडौं ,२२ माघ। नेपाली कांग्रेसले केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी तोकेको छ । पार्टी सभापति गगनकुमार थापाले आज उनलाई पार्टीको विधानबमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कावा मुख्य सचिवको जिम्मेवारी तोकेका हुन् ।साथै सभापति थापाले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही माघ ८ गते दिएको राजीनामा स्वीकृत गरेको अर्का सचिव प्रकाश शर्माले […]

माघ २0, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “म र एमाले पराजित भए चुनावको परिणाम अस्वीकार हुन्छ” भनेको दाबीसहित कई भिडियो र फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। पत्रिका नेपाल, यात्रा, टाइम्स अफ नेपाल, टीखबर लगायत फेसबुक पेजहरुबाट यी पोस्टहरु लाखौँ मानिसले हेरेका छन्। तर नेपाल फ्याक्ट चेक र अनलाइनखबरको सहकार्यमा गरिएको […]