०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

बुढानीलकण्ठ माविद्वारा ४ जिपीए ल्याउने शिरिन भट्टराईलाई भव्य सम्मान

Logo
जनचर्चा संवाददाता प्रकाशित बुधबार, आषाढ २६, २०८१

विराटनगर, असार २६। विराटनगर-२ स्थित बुढानीलकण्ठ माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी शिरिन भट्टराईलाई सम्मान गरेको छ। ४ जीपीए हासिल गरेकी भट्टराईलाई स्कुलले मंगलबार आयोजित एक भव्य कार्यक्रममा नगद रु. २५,०००, कदरपत्र र दोसल्लाले सम्मान गर्‍यो।

सम्मान कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो सफलताको श्रेय कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र निरन्तर अध्ययनलाई दिइन्। उनले विज्ञान संकायमा अध्ययन गर्ने तयारी गरेकी छिन् । उनले भविष्यमा चिकित्सक बन्ने लक्ष्य राखेकी छिन्

बुढानीलकण्ठ माविका प्रिन्सिपल मणिराज भट्टराईका अनुसार, स्कुलबाट एसईई दिएका ८९ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। ३७ जनाले ३.६ भन्दा माथि, ३८ जनाले ३.२ भन्दा माथि, र १४ जनाले २.८ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्। स्कुलले आफ्नो निरन्तर उत्कृष्ट नतिजाको श्रेय सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण र मेहनती शिक्षकहरूलाई दिएको छ। यस वर्षको नतिजाले बुढानीलकण्ठ मावि गुणस्तरीय शिक्षामा अग्रणी रहेको पुष्टि गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर २३ ।   पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगरमा ‘विराट ट्रेड एक्स्पो’ आयोजना हुने भएको छ। मोरङ उद्योग व्यापार संघले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरी साे एक्स्पाे बारे विस्तृत जानकारी दिएकाे छ । विराटनगर–२ शान्तिचोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकैको खुला स्थानमा सञ्चालन हुने यस मेलामा जर्मन प्रविधिको ‘ह्याङ्गर’ र अक्टानम सिस्टमसहित करिब २३० […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]