१० कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

साहित्यकार तथा समाजसेवी भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन

Logo
दिनेश खड्का प्रकाशित बुधबार, साउन ०२, २०८१

विराटनगर, साउन २ ।  साहित्य तथा समाजसेवाका अग्रणी व्यक्तित्व भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ। वि.स. १९९३ मंसिरमा विराटनगरमा जन्मिएका सुराना मध्यम कदका, दाह्री पालेका र मिठो बोली भएका व्यक्तिका रूपमा चिनिन्थे।

हिन्दु विश्वविद्यालय बनारसमा अध्ययन गरेका सुरानाका ६ वटा कृतिहरु प्रकाशित छन्। उनका बुबा मैताव चन्द सुराना नामोद जुट व्यवसायी थिए र उनले पनि बुबाको व्यवसायमा सहयोग गरेका थिए।

धर्म र अध्यात्ममा गहिरो आस्था राख्ने सुरानाले आफ्नो जीवनकालमा साहित्य र समाजसेवामा महत्वपूर्ण योगदान दिएका थिए। उनका तीन छोरा पवन, अशोक र अरुण, तीन छोरी तथा श्रीमती रहेका छन्।

लामो समयदेखि स्वास्थ्य समस्याबाट ग्रसित सुरानाको बुधबार मध्यान्ह विराटनगरस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको पार्थिव शरीरलाई बुधबार साँझ रम विश्रान्ती घाट हाटखोलामा अन्तिम संस्कार गरिएको छ।

सुरानाको निधनले नेपाली साहित्य तथा समाजसेवा क्षेत्रमा अपूरणीय क्षति भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]