२९ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आरोप पुष्टि नभएपछि सशस्त्र प्रहरी एसपी खड्का मोरङ फिर्ता

Logo
दिनेश खड्का प्रकाशित बिहिबार, साउन ०३, २०८१

विराटनगर, श्रावन ३ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्का आफ्नो कार्यक्षेत्रतर्फ फिर्ता भएका छन्। तस्करीको लाइन चलाएको आरोपमा उनलाई हेडक्वार्टर तानिएको थियो। तर छानबिनपछि आरोप पुष्टि नभएपछि उनलाई पुनः मोरङमा नै फिर्ता गरिएको छ।

सशस्त्र प्रहरी बल मुख्यालयले गत २० असारमा छानबिन र अनुसन्धानका लागि एसपी खड्कालाई काठमाडौं बोलाएको थियो। १० दिनको अनुसन्धानपछि उनीमाथि लागेको आरोप निराधार पाइएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी कुमार न्यौपानेका अनुसार छानबिन समितिको प्रतिवेदनले एसपी खड्कालाई निर्दोष देखाएको छ। उनले भने, “आरोप मात्रै लगाएको पाइयो। गल्ती गरेको प्रमाणित भएको भए कारबाही हुन्थ्यो।”

सीमा विभागका डीआईजी लक्ष्मणबहादुर सिंहको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनका आधारमा यो निर्णय गरिएको हो। समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य थिए।

डीआईजी न्यौपानेले थप जानकारी दिँदै भने, “संगठनको नीतिभन्दा बाहिर जान मिल्दैन भन्ने कुरामा एसपी खड्कालाई सचेत गराएर फिर्ता पठाइएको हो।” आइतबारदेखि एसपी खड्काले पुनः आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सोलुखुम्बु, पौष १८ — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा थुलुङ दूधकोशी गाउँपालिका–१ निवासी विवेक बाबु लामिछानेले सोलुखुम्बुबाट चुनाव लड्ने घोषणा गर्नुभएको छ। उहाँको यो घोषणाले जिल्लाको राजनीतिक परिवेशमा नयाँ बहस र चासो सिर्जना गरेको छ। जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राखेर राजनीतिमा प्रवेश गरेको बताउँदै लामिछानेले परम्परागत राजनीतिक अभ्यासले जनताको वास्तविक […]

विराटनगर,१७ पुस । हरेक वर्ष पुस १७ गते मनाइँदै आएको राष्ट्रिय पोशाक दिवस आज नेपालसहित विश्वभर रहेका नेपालीहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्।विदेशी संस्कृति र पहिरनको बढ्दो प्रभावका कारण नेपाली मौलिकता संकटमा पर्न थालेपछि त्यसको प्रतिकारस्वरूप यो अभियान सुरु गरिएको अभियन्ताहरूले बताएका छन्। ढाका तथा भादगाउँले टोपी नेपालीपनको प्रतीकका रूपमा विश्वभर चिनिएको भन्दै यसको ऐतिहासिक र […]

विराटनगर, पुष १७। मोरङ उद्योग व्यापार संघको आयोजनामा सञ्चालन भइरहेको विराट एक्स्पो अन्तर्गत बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ विषयमा विशेष छलफल भएको छ। एक्स्पो अवधिभर उद्योग, व्यवसाय र श्रम बजारसँग सम्बन्धित विविध समसामयिक विषयमा दैनिक छलफल भइरहेका छन्। कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकी उपसचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी इटहरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, […]