१४ भाद्र २०८३, आइतबार
30-08-2026 , Sun
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बिरयानीको राज अन्त्य गर्ने गरी विराटनगरमा चाम्रे चुकौनीकाे उदय

Logo
निरज बस्नेत

विराटनगर, साउन ७। विराटनगरको (काेबास कलेज छेउ) निल सदनमा नेपाली मौलिक खानाको स्वाद चाख्न चाहनेहरूका लागि नयाँ गन्तव्य थपिएको छ। हालै खुलेको चाम्रे चुकौनी खाजा घरले नेपाली परम्परागत खानालाई प्राथमिकता दिँदै स्थानीय र पर्यटकहरूलाई आकर्षित गरेको छ।

रेस्टुरेन्टका संचालकका अनुसार, विराटनगरमा बढ्दो संख्यामा खुलिरहेका बिरयानी र अन्य आयातित खानाका होटलहरूको बीचमा नेपालकै मौलिक खाजालाई प्रवर्द्धन गर्ने उद्देश्यले यो होटल खोलिएको हो। चाम्रे चुकौनी, जुजु धौं, मटका खीर, योमरी, र बगिया जस्ता नेपाली मौलिक परिकारहरू यहाँ रु. ६० मा उपलब्ध छन्।

व्यवस्थापक रोहन रायमाझीले जानकारी दिए अनुसार, अथेन्टिक चाम्रे चुकौनी र आलुको सेट बनाउनका लागि विशेष तालिम प्राप्त कुक राखिएको छ। उनले सबै नेपाली मौलिक परिकारको स्वाद आधिकारिक रहने दाबी गरेका छन्।

यो शुद्ध शाकाहारी रेस्टुरेन्टको सिट क्षमता हाललाई १५ रहेको छ। आकर्षक इन्टेरियर र फर्निसिङ्ग गरिएको यस रेस्टुरेन्टमा पूर्ण रूपमा एसी जडान गरिएको छ।

नेपाली मौलिक खानाको महत्त्व र स्वादलाई जोगाउँदै, यस रेस्टुरेन्टले बर्गर, पिज्जा, फ्राइड चिकन र बिरयानी जस्ता विदेशी खानाको बढ्दो प्रभावलाई चुनौती दिएको छ। यसले स्थानीय खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]