१२ भाद्र २०८३, शुक्रबार
28-08-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

मेची क्राउनमा कोशी क्याम्पसको होटल म्यानेजमेन्ट ओरिएन्टेशन

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ८ । विराटनगर बरगाछीपुर्व रहेकाे कोशी माेडल कलेज  (KMC)ले होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि एक विशेष ओरिएन्टेशन कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम कोशी प्रदेशकै सबैभन्दा ठूलो पाँच तारे होटल, झापाको मेची क्राउनमा हुने भएको छ। कलेज प्रशासनका अनुसार, यही साउन १२ गते पहिलो चरणको ओरिएन्टेशन हुनेछ। यस कार्यक्रममा एसईईमा अनुत्तीर्ण भएका तर होटल म्यानेजमेन्ट पढ्न इच्छुक विद्यार्थीहरूले पनि भाग लिन पाउनेछन्।

कलेजका संचालक मनिष सोनीले भविष्यमा नेपालका अन्य ठूला होटल तथा रेस्टुरेन्टहरूसँग समेत सहकार्य गरी शैक्षिक कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जानकारी दिए। उनले पढाइको गुणस्तरमा कुनै सम्झौता नगर्ने र पूर्वकै उत्कृष्ट शिक्षकहरूलाई ल्याएर पढाउने बताए। कलेज परिसरमा नै पाँच तारे होटल सरहका चारवटा डिलक्स कोठाहरू र एक किचन निर्माण भइसकेको छ। होटल म्यानेजमेन्टका साथै यस कलेजले बिजनेस म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट पाठ्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]