१५ माघ २०८२, बुधबार
28-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

मेची क्राउनमा कोशी क्याम्पसको होटल म्यानेजमेन्ट ओरिएन्टेशन

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन ८ । विराटनगर बरगाछीपुर्व रहेकाे कोशी माेडल कलेज  (KMC)ले होटल म्यानेजमेन्टका विद्यार्थीहरूका लागि एक विशेष ओरिएन्टेशन कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम कोशी प्रदेशकै सबैभन्दा ठूलो पाँच तारे होटल, झापाको मेची क्राउनमा हुने भएको छ। कलेज प्रशासनका अनुसार, यही साउन १२ गते पहिलो चरणको ओरिएन्टेशन हुनेछ। यस कार्यक्रममा एसईईमा अनुत्तीर्ण भएका तर होटल म्यानेजमेन्ट पढ्न इच्छुक विद्यार्थीहरूले पनि भाग लिन पाउनेछन्।

कलेजका संचालक मनिष सोनीले भविष्यमा नेपालका अन्य ठूला होटल तथा रेस्टुरेन्टहरूसँग समेत सहकार्य गरी शैक्षिक कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जानकारी दिए। उनले पढाइको गुणस्तरमा कुनै सम्झौता नगर्ने र पूर्वकै उत्कृष्ट शिक्षकहरूलाई ल्याएर पढाउने बताए। कलेज परिसरमा नै पाँच तारे होटल सरहका चारवटा डिलक्स कोठाहरू र एक किचन निर्माण भइसकेको छ। होटल म्यानेजमेन्टका साथै यस कलेजले बिजनेस म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट पाठ्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ,१२ माघ।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिधिनधिसभा सदस्य निर्वाचनमा वैकल्पिक भनिएका शक्तिहरुले बहुमत पाएको खण्डमा नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता केसीले वैकल्पिक शक्तिबाटै देशमा झन खतरा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

काठमाडौँ,१३ माघ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी छ । यो समाचार बनाउदा सम्म निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । जसका लागी प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा […]

मोरङ,१२ माघ । ऋषिदेव समुदायको १६ ओैं माटो दिवस तथा दिनाभद्री  महोत्सवको कोशी प्रदेशका पर्यटन,वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गर्नु भएको छ । प्रारम्भ बिकास केन्द्र बुढीगंगा -२ थानपर्टिले कार्यक्रम आयोजना गरेको हो । शनिबार भएको कार्यक्रममा मन्त्री पराजुलीले प्रदेश सरकार पनि छ भन्ने आभाषका साथ काम गर्ने बताउनु भयो । उहाँले धार्मिक पर्यटन […]