०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरको अरनिको कलेजलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

Logo
जनचर्चा संवाददाता

विराटनगर, साउन १९ । विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयले उत्कृष्ट शैक्षिक संस्था सम्मान प्राप्त गरेको छ। चन्द्रलोक प्रतिष्ठान काठमाडौंले केहि समयअघि रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा यो सम्मान प्रदान गरेको हो।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका सांसद अर्जुन नर्सिङ केसी र प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले विद्यालयका प्रिन्सिपल राजेश कार्कीलाई सम्मान हस्तान्तरण गरे।

२०३३ सालमा स्थापित यो विद्यालय कोशी प्रदेशको पहिलो र नेपालको आठौं उत्कृष्ट शैक्षिक संस्था बन्न सफल भएको छ। प्रतिष्ठानका अध्यक्ष कार्कीले विद्यालयले देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गरोस् भन्ने उद्देश्यले यो सम्मान प्रदान गरिएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]