२१ साउन २०८३, बिहिबार
06-08-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कक्षा १२ मा पोखरीया माविकाे उत्कृष्ट नतिजा

Logo
निरज बस्नेत

विराटनगर, साउन २२ । विराटनगरको पोखरीया माविले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार, विद्यालयका ७५.४५% विद्यार्थी उत्तीर्ण भएका छन्। कुल ३३३ परीक्षार्थीमध्ये २४९ जनाले ग्रेड प्राप्त गरेका छन्।

विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार, ११ जना विद्यार्थीले ३.६ भन्दा माथिको जीपीए हासिल गरेका छन्। त्यसैगरी, ७३ जनाले ३.२ देखि ३.६ सम्मको, ८८ जनाले २.८ देखि ३.२ सम्मको, ६८ जनाले २.४ देखि २.८ सम्मको, र ९ जनाले २.० देखि २.४ सम्मको जीपीए प्राप्त गरेका छन्।

पोखरीया माविले पछिल्लाे समय आफूलाई गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा स्थापित गर्दै आएकाे छ। यो एक सामुदायिक विद्यालय हो जसले प्रवेश परीक्षाको माध्यमबाट विद्यार्थी छनौट गर्दछ। विद्यालयमा कक्षा १२ सम्म पढाइ हुन्छ र अंग्रेजी माध्यमको शिक्षा पनि उपलब्ध छ। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा विषयहरू पढाइन्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन १५ । आधारभूत स्वास्थ्य सेवा समुदायमै उपलब्ध गराउने उद्देश्यका साथ बिहिबार लायन्स क्लब अफ विराटनगरले साप्ताहिक “लायन्स मोहल्ला क्लिनिक” शुभारम्भ गरेकाे छ। लाइफ गार्ड हस्पिटल प्रा. लि. विराटनगरको प्राविधिक सहकार्य तथा लियो क्लब अफ विराटनगरको सहयोगमा सञ्चालन हुने यस क्लिनिकमार्फत स्थानियलाई नियमित रूपमा निःशुल्क स्वास्थ्य परामर्श, रक्तचाप (BP) जाँच, रगतमा चिनी (Sugar) जाँच […]

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको घटनासँगै सुरु भएको विरोध प्रदर्शनका कारण विराटनगरका विद्यालय तथा शैक्षिक संस्थाहरू बन्द भएका छन् ।आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच झडप भएको थियो । यसलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक स्थानीय बासिन्दाको ज्यान गएको थियो भने थप ९ जना घाइते भएका थिए । यही घटनाको […]

दाङ, साउन ६। दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन एउटा घरको पानी ट्याङ्कीभित्रबाट बुधबार दुई जनाको शव भेटिएको छ। मनिराम चन्दको स्वामित्वमा रहेको सो घरको खाली पानी ट्याङ्कीमा शव फेला परेको हो। प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार ट्याङ्कीभित्र अक्सिजनको अभावका कारण दुवैको मृत्यु भएको हुन सक्ने  अनुमान गरिएको छ। मृतकहरू एक मजदुर र एक ठेकेदार रहेको बुझिएको […]