०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

पुस्तक बेचेर डा. महावीर पुनद्वारा १० करोड संकलन

Logo
जनचर्चा संवाददाता

भदाै ४, काठमाडाै‌ । वैज्ञानिक डा. महावीर पुन हाल हेटौंडामा आफ्नो जीवनी पुस्तक बिक्रीमा व्यस्त छन्। उनले चितवन हुँदै मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट किताब बिक्री कार्य सुरू गरेका थिए। डा. पुनले आइतबार आफ्नो जीवनीको किताब बेच्दै हिँडेको २०० दिन पुगेको र यो अवधिमा करिब १० करोड रुपैयाँ संकलन गरेको जानकारी दिए। उनले करिब १० हजार ८ सय ४० किलोमिटर हिँडेको र पछिल्लो एक वर्षमा सवा लाख प्रति पुस्तक बिक्री भएको बताए।

पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ। सर्वसाधारणले उत्साहका साथ पुस्तक खरिद गरी डा. पुनलाई सहयोग गरिरहेका छन्। शनिबार हेटौंडा आइपुगेका पुनले त्यसै दिन साँझ बुद्ध चोकमा साढे २ घण्टामा ४ सय वटा पुस्तक बिक्री गरेको सुनाए।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि राज्यले एक करोड रुपैयाँ नदिएपछि आफ्नै जीवनीलाई पुस्तकमा उतारेर बिक्री गर्दै हिँडेका पुन पछिल्लो साता हेटौंडा र आसपासका विभिन्न टोलमा घुमिरहेका छन्। उनले यो पुस्तक बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार र सञ्चालनमा लगाउने बताए।

डा. पुनको अभियानमा युवाहरूको उल्लेख्य साथ देखिएको छ। उनीहरूले महावीर र उनको पुस्तकसँग फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। डा. पुनले पनि पुस्तक बिक्रीका क्रममा देशभरबाट पाएको माया, स्नेह र सम्मान निकै अतुलनीय रहेको प्रतिक्रिया दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]