२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

राजवंशी भाषाकाे ‘तोर सङे माया’ युट्युबमा

Logo
जनचर्चा संवाददाता

कटहरी, भदाै ८ । राजवंशी भाषामा बनेकाे “तोर सङे माया” म्यूजिक भिडियो शनिबार रिलिज भएकाे छ। आर आर म्यूजिक प्रोडक्शन युटूब च्यानलबाट साे म्यूजिक भिडियाे रिलिज गरिएकाे छ। यस भिडियोका मुख्य कलाकारहरू दिनेश राजवंशी र सुस्मीता पाण्डे हुन्।

भिडियोलाई आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ६० र ७२ बिघामा रहेको तरराहा सुनसरी जिल्लाको रमणीय स्थलमा शूटिङ गरिएको कलाकार दिनेश राजवंशीले जानकारी दिएका छन्। गीतमा राष्ट्रिय गायक बलबहादुर राजवंशी र अनु चौधरीको मिठो स्वर रहेको छ। यस गीतमा सागर साह (गुरु), कार्तिक राजवंशी, अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशी लगायत अन्य कलाकारहरू समावेश छन्।

झापा, मोरङ र सुनसरी जिल्लामा राजवंशी जातिका विभिन्न समयमा धेरै राजवंशी म्यूजिक भिडियो तथा फिल्महरूको उत्पादन भएको थियो। तर पछिल्लाे समय राजव‌ंशी समुदायबाट छयाकंनका कामहरु घटिरहेकाे पाएईएकाे छ ।

म्यूजिक भिडियाे हेर्न लिकंमा क्लिक गर्नुहाेस् : https://www.youtube.com/watch?v=QKYnwg6zQpg

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]