३१ भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

चाख्नु भयो त, विराटनगरको लजिज पिज्जा ?

पिज्जा अब अमेरिकन स्वादमा
Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

बिराटनगर, भाद्र २७ 
बिराटनगरमा भारतको चर्चित ब्राण्ड “लजिज पिज्जा” को ब्रान्च खुलेको छ । बिराटनगरको जलजला चोकस्थित चाइना बजारको विपरितमा रहेको उक्त रेस्टुरेन्ट बुधबारबाट संचालनमा आएको हो । रेस्टुरेन्टमा बिभिन्न भेराईटिजका पिज्जाका साथै अन्य आइटम समेत पाइने संचालक ऋतिक अग्रवालले जानकारी दिए । “लजिज पिज्जा बिराटनगर” भारतिय  फ़्रान्चाइज् रहेको उनले बताए ।

उक्त रेष्टुरेन्ट संचालनको लागी भारतमा रहेको लजिजको केन्द्रिय तालिम केन्द्रबाट आफु लगाएत ३ जनाले तालिम लिएको संचालक मध्येकै प्रियंका अग्रवालले जानकारी दिईन् । उनी भन्छिन् “नेपालमा ईटालियन पिज्जा मात्र पाउने गरेको छ, हामीले पहिलो पटक नेपालमा अमेरिकन पिज्जा लिएर आएका छौं ”
रेष्टुरेन्टका आर्का पार्टनर मंयक अग्रवालले दैनिक ५० वटा पिज्जा बिक्रि वितरण गर्ने लक्ष्य रहेको बताए । उनले भने “रेष्टुरेन्टको ओपेनिङमा हामीले सोचको भन्दा बढी मान्छे आए ।  कल्पना गरेभन्दा बढी ग्राहक आएपछि २ सय ५० वटा पिज्जा विक्रि गरेपछि हामीले रेष्टुरेन्ट नै बन्द गर्नुपर्ने अवस्था आयो”
लजिजको भारतमा मात्र २२६ बटा शाखा रहेछ । नेपालमा भने नेपालगंजपछिको यो दोस्रो साखा हो । लजिज पिज्जा बिराटनगरमा भेज र नन भेज दुवै खाले पिज्जा लगाएत अन्य परिकार उपलब्ध छ । उक्त रेस्टुरेन्टले आर्को महिनावाट होम डीलेभरी समेत गराउने बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१९ भदौ ।  सरकार र आन्दोलनरत दुग्ध उत्पादक किसानहरुबीच ६ बुँदे सहमति भएको छ । बुधबार कात्तिक मसान्तसम्म भुक्तानीको सहमति भएसँगै आन्दोलन पनि रोकिएको हो । केही दिनदेखि डेरी सङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल डेरी एसोसिएसनले भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए । बैठकमा दुग्ध उत्पादक कृषकहरूलाई दूधको भुक्तानी बाँकी बक्यौता रकम २०८२ असार […]

काठमाडौं , भदाै १६ – हलिडे इन रिसोर्ट काठमाडौं, बुढानीलकण्ठमा व्यापार र व्यक्तिगत जीवनमा नयाँ उचाइ हासिल गर्न चाहने व्यक्तिहरूका लागि एक विशेष अवसरको घोषणा गरिएको छ। यहाँ सेप्टेम्बर १०-११ तारिखमा २ दिने आवासीय व्यापारिक तथा जीवन सफलता बुटक्याम्प आयोजना हुन लागेको छ। कुल ३० जनाले यस विशेष कार्यक्रममा सहभागीता जनाउन पाउँनेछन् । कार्यक्रमका मुख्य विशेषताहरू […]

काठमाडौं, साउन ६। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठाघर, भक्तपुर शाखामा कार्यरत कर्मचारी शान्ति राईले बीमा क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्। उनले सन् २०२६ को पहिलो मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यताको उपाधि प्राप्त गरेकी हुन्। यस उपलब्धिसँगै राईले नेपाली बीमा क्षेत्रमा नयाँ मापदण्डी स्थापना गरेकी छिन्। उनका अनुसार आफ्नो यो सफलताले केवल व्यक्तिगत […]