०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

निर्माण व्यवसायीहरूद्वारा न्यूनतम ठेक्का मूल्य निर्धारणको माग

Logo
जनचर्चा संवाददाता

विराटनगर, भदाै २३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनियोजित र दबाबमा आधारित विकास निर्माणले भविष्यमा गम्भीर समस्याहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन्। आइतबार निर्माण व्यवसायी संघ मोरङको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

मुख्यमन्त्री कार्कीले भने, “संघ, प्रदेश र स्थानीय तहले आवश्यकताको आधारमा नभई दबाबका आधारमा जथाभावी निर्माण गरेका संरचनाले केही वर्ष भित्रै समस्या ल्याउन सक्छ।” उनले विशेष गरी कम ट्राफिक भएका क्षेत्रमा फराकिला सडकहरू र एउटै खोलामा धेरै पुलहरू बनाउने प्रवृत्तिको आलोचना गरे।

कार्कीले विकास परियोजनाहरू स्थानीय जनताको जीवनस्तर सुधार गर्ने र आर्थिक लाभ ल्याउने खालका हुनुपर्ने कुरामा समेत जाेड दिए। “विकासलाई स्थानीयको जीवन स्तर सुधार हुने गरी अघि बढाउनुपर्छ,” उनले भने। “अन्धाधुन्ध गरिएको विकासले भविष्यमा मर्मत गर्ने पैसा नभएर समस्या ल्याउनसक्छ।”

कार्यक्रममा, निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्रले साना ठूला निर्माण व्यवसायीलाई समान व्यवहार गर्न सरकारलाई आग्रह गरे। उनले जथाभावी निर्माण व्यवसायीको लाइसेन्स बाँड्ने प्रवृत्तिले निर्माण व्यवसाय मर्यादित नहुने खतरा बढेको धारणा राखे।

निर्माण व्यवसायीहरूले मूल्याङ्कन भन्दा धेरै कममा ठेक्का लिने प्रवृत्तिले विकास आयोजनाहरूमा समस्या देखिएको बताए। उनीहरूले विकासका काममा सरकारी स्टिमेटको १५ प्रतिशत भन्दा कममा ठेक्का लिन नपाउने व्यवस्था ऐनमै हुनुपर्ने माग गरे।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारका कानुनले निर्माण व्यवसायलाई असर पारेको भए त्यस्ता कानुन तीन महिना भित्रै संशोधन गर्न आफू तत्पर रहेको जनाए। उनले सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रियामा रहेकाले संघ सरकारसँग पहल गर्न प्रधानमन्त्रीसँगै कुरा गर्न आफू तयार रहेको बताए।

अन्त्यमा, मुख्यमन्त्री कार्कीले पछिल्लो राजनीतिक समीकरणले जनतामा आशा पलाएको उल्लेख गर्दै, विकास र निर्माणका कामहरूलाई अझ बढी योजनाबद्ध र जनमुखी बनाउन आफ्नो सरकार प्रतिबद्ध रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]