२३ आश्विन २०८१, बुधबार
09-10-2024 , Wed

आजबाट कटहरीमा कृषि एक्स्पो : नेपाली किसान र उत्पादन प्रवर्द्धनमा जोड

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, भाद्र २७, २०८१

कटहरी, २०८१ भदौ २७ – नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले आजदेखि कटहरीस्थित कृषि थोक बजार परिसरमा कृषि एक्स्पोको आयोजना गर्दैछ। भदौ ३० गतेसम्म चल्ने यस एक्स्पोको मुख्य उद्देश्य नेपाली किसानहरूको उत्पादन प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार याे एक्स्पो विशुद्ध रूपमा कृषि केन्द्रित छ। “विगतमा यस्ता एक्स्पोहरू औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको रूपमा हुने गरेकोमा यस पटक हामीले कृषिसँग सम्बन्धित उत्पादन, सूचना र विषयहरूमा मात्र केन्द्रित गरेका छौं,” उनले भने।

एक्स्पो उद्घाटन समारोहमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको उपस्थिति रहने कार्यक्रम छ। साथै, भारतको बिहार प्रदेशका कृषि मन्त्री पनि सहभागी हुने जनाइएको छ।

आयोजकका अनुसार एक्स्पोमा बिहार व्यापार एशोसिएसन र कृषि विभागको समन्वयमा २० वटा स्टलसहित उल्लेखनीय सहभागिता रहनेछ। समग्रमा कृषि सम्बन्धी विभिन्न उत्पादन, यन्त्र तथा उपकरण, बीउबिजन र सूचनामूलक सामग्रीहरूका १३० वटा स्टलहरू रहने छन्।

एक्स्पोले किसानहरूलाई आधुनिक कृषि औजार, यन्त्र, उपकरण र खेती पद्धतिका बारेमा जानकारी दिनुका साथै उन्नत जातका बीउबिजन तथा मलखादका बारेमा सूचना प्रदान गर्ने लक्ष्य राखेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु […]

विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव […]

काठमाडौँ,१७ असोज । बडादशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९ः१६ बजे घटस्थापना गर्ने साइत […]