०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

बुद्ध एयर संचालकमाथि “ज्यान मार्ने धम्की”: न्यायको पर्खाइमा वीरेन्द्र बस्नेत

सहोदर भाइबाटै ज्यान जाेगउदै वीरेन्द्र
Logo
जनचर्चा संवाददाता

विराटनगर, असाेज २ । ज्यान मार्ने धम्की पाएका बुद्ध एयरका संचालक वीरेन्द्र बस्नेत अहिले शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै अदालतमा प्रशासनविरुद्ध मुद्दा लडिरहेका छन्। अंशबण्डाको विवाद चलिरहेको बस्नेत परिवारमा सहोदर भाइ शिवेन्द्र बहादुर बस्नेतले विभिन्न समयमा आफूलाई ज्यान मार्ने धम्की दिँदै आएको दाजु वीरेन्द्रको भनाइ छ। गत वर्षदेखि भाइ शिवेन्द्रबाट तारन्तार ज्यान मार्ने धम्की आउन थालेपछि शान्ति सुरक्षा पाऊँ भन्दै दाजु वीरेन्द्रले प्रहरी प्रशासनलाई गुहारेका थिए।

गत वर्ष २०८० कार्तिकमा ललितपुरस्थित बुद्ध एयरको कार्यालयमा भाइ शिवेन्द्रले आएर आतंक मच्चाएपछि शान्तिसुरक्षा प्रत्याभूति गरिपाऊँ भन्दै दाजु वीरेन्द्रले ललितपुर प्रहरीसमक्ष निवेदन समेत दिएका थिए। विवाद बढ्दै गएपछि मोरङमा रहेको पुस्तैनी खेतीमा कामको सिलसिलामा वीरेन्द्र पुग्दा त्यहाँ समेत भाइ शिवेन्द्रले गोली हानी हत्या गर्ने योजना बनाएको दाजु वीरेन्द्रले थाहा पाए। भाइ शिवेन्द्रबाट मोरङमा पनि असुरक्षित भएपछि दाजु वीरेन्द्रले गत पुस १९ गते जिल्ला प्रशासन कार्यालय मोरङमा पनि शान्तिसुरक्षाको लागि निवेदन दिएका थिए।

तर सो निवेदन उपर चित्तबुझ्दो सुनुवाइ नभएपछि वीरेन्द्रले उच्च अदालत विराटनगरको ढोका ढकढकाए। २०८१ वैशाखमा शान्तिसुरक्षा प्रत्याभूत नगराएको भन्दै मोरङ प्रहरी प्रशासनलाई विपक्षी बनाएर वीरेन्द्रले परमादेश जारी गरी पाऊँ भनी उच्च अदालतसमक्ष निवेदन दिए। वैशाखमा दिएको निवेदनको उपर अहिलेसम्म सुनुवाइ भएको छैन। पछिल्लो पटक भदौ ३१ गते तोकिएको पेशी समेत भाइ शिवेन्द्रको अनुरोधमा सारिएको छ।

उता उच्च अदालत पाटनमा समेत बस्नेत दाजु-भाइबीच अंशसम्बन्धी मुद्दा चलिरहेको छ। दाजु वीरेन्द्रले आफूलाई जालसाझी गरी बुद्ध एयरबाट बेदखल गर्न खोजेको भाइ शिवेन्द्रको भनाइ छ। उता वीरेन्द्रले भने भाइले आफ्नो धेरै अंशहरू विभिन्न प्रोजेक्टमा डुबाइसकेको र बुबाको देहावसानपछि कम्पनीमा उसको केही पनि हिस्सा नरहेको दाबी छ।

भाइ शिवेन्द्र हाल अमेरिकाका ग्रीन कार्ड होल्डर हुन्। बुद्ध एयरमा शिवेन्द्रको श्रीमती र सन्तानको नाममा शेयरहरू भने रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]