०३ आश्विन २०८३, शनिबार
19-09-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

सप्तकोशीमा ५६ वर्षपछि उच्च जलस्तर, खतराको सङ्केत पार

Logo
जनचर्चा संवाददाता

ईटहरी, असाेज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षपछि उच्च विन्दुमा पुगेको छ। आइतबार बिहान ६ बजेको मापन अनुसार, कोशी ब्यारेजबाट प्रतिसेकेन्ड ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ। यो मात्रा अति खतराको सूचक भन्दा माथि छ।

शनिबार साँझदेखि वर्षा रोकिए पनि पानीको बहाव निरन्तर बढिरहेको छ। चतरा जल मापन केन्द्रमा शनिबार राति ११ बजे जलसतह खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको थियो र अझै बढ्ने सम्भावना रहेको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै, सप्तकोशी चतरा जलमापन केन्द्रले उदयपुर, सुनसरी र सप्तरीका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। साथै, कोशी ब्यारेजमा मानिस र सवारी साधनको आवागमन अर्को सूचना नआएसम्म बन्द गरिएको छ।

यसअघि सन् १९६८ मा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक पानीको बहाव मापन गरिएको थियो, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो। वर्तमान स्थिति यस रेकर्डको नजिक पुग्दैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]