०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

सप्तकोशीमा ५६ वर्षपछि उच्च जलस्तर, खतराको सङ्केत पार

Logo
जनचर्चा संवाददाता प्रकाशित आइतबार, आश्विन १३, २०८१

ईटहरी, असाेज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षपछि उच्च विन्दुमा पुगेको छ। आइतबार बिहान ६ बजेको मापन अनुसार, कोशी ब्यारेजबाट प्रतिसेकेन्ड ६ लाख ६१ हजार २९५ क्युसेक पानी बगिरहेको छ। यो मात्रा अति खतराको सूचक भन्दा माथि छ।

शनिबार साँझदेखि वर्षा रोकिए पनि पानीको बहाव निरन्तर बढिरहेको छ। चतरा जल मापन केन्द्रमा शनिबार राति ११ बजे जलसतह खतरा तहभन्दा ११.२६ मिटर माथि पुगेको थियो र अझै बढ्ने सम्भावना रहेको छ।

यस परिस्थितिलाई मध्यनजर गर्दै, सप्तकोशी चतरा जलमापन केन्द्रले उदयपुर, सुनसरी र सप्तरीका बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। साथै, कोशी ब्यारेजमा मानिस र सवारी साधनको आवागमन अर्को सूचना नआएसम्म बन्द गरिएको छ।

यसअघि सन् १९६८ मा कोशी ब्यारेजमा प्रतिसेकेन्ड ७ लाख ८८ हजार २०० क्युसेक पानीको बहाव मापन गरिएको थियो, जुन अहिलेसम्मकै उच्च रेकर्ड हो। वर्तमान स्थिति यस रेकर्डको नजिक पुग्दैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]