०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

वर्षाकाे सम्भावना घट्याे, दसैँ घमाइलो हुने

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, आश्विन २४, २०८१

काठमाडौं, असोज २४ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण रूपमा र लुम्बिनी प्रदेशबाट आंशिक रूपमा मनसुन बाहिरिसकेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु सर्दै नेपालको पूर्वी भेगबाट मनसुन सम्पूर्ण रूपमा बाहिरिने जनाइएको छ । दसैँ आसपास पहाडी भेगमा हल्का बदली देखिए पनि ठुलो वर्षा नहुने उनको भनाई छ ।

उनका अनुसार मनसुनी वायु कमजोर हुँदैजाँदा पश्चिमी वायुको प्रभाव भने बलियो बन्दै गएको छ । जसका कारण मनसुन बाहिरिएपछि पनि पश्चिमी वायु र स्थानीय वायुको प्रभावले हल्का वर्षा हुने सम्भावना असोज महिनाभर कायम रहने मानन्धरले बताए। भारी वर्षाको क्रम भने मनसुन बाहिरिने प्रक्रिया सुरु भएसँगै यो वर्षका लागि टुङ्गिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]