०२ भाद्र २०८३, मंगलबार
18-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झापामा फुलवारी मेला २०८१ को तयारी अन्तिम चरणमा

Logo
जनचर्चा संवाददाता

विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ।

करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रर्दशनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ, झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँएकाे हुन्छ । मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न समुदायका मानिसहले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारसहित मेला समितिले सम्मान समेत गर्ने गरेकाे छ।

मेला प्रचार प्रसार विभागका संयाेजक खेम पाैडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भदाै १, विराटनगर । गोल फाउण्डेनले पाइलट प्रोजेक्टका रूपमा मानव पुस्तकालयको कार्यक्रम सम्पन्न गरी अब निरन्तर अघि लैजाने याेजना बनाएकाे छ । युवा दिवसको अवसर पारेर गत बुधबार विराटनगरस्थित इलिट क्लबमा  ‘चिया सँग कथा : एक मानव पुस्तकालय अनुभव’ पाइलट कार्यक्रम फाउण्डेशनले आयाेजना गरेकाे थियाे ।  गोल फाउण्डेनले एनवाईसीए विराटनगर र इन्जीनियर्स विथआउट बाेडर्स नेपाल […]

काठमाडाै, साउन २९ । डा. शशांक कोइरालाकाे संयोजकत्वमा  नेपाली कांग्रेसको  राष्ट्रिय भेला आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन नेता शेरबहादुर देउवाबाट बिहान साढे ११ बजे हुनेछ । साउन ३१ गतेसम्म साे भेला चेल्ने बताइएकाे छ । भेलाका मुख्य अतिथि देउवा लामो समयको उपचारपछि  साउन […]

काठमाडाैं, साउन २८ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा  झण्डै छ महिनाको अन्तरालपछि आज स्वदेश फर्किंदैछन् । उनलाई शुभेच्छुकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी समेत पूरा भएकाे छ। काग्रेसकाे राष्ट्रिय भेला आयोजनाका लागि गठित सांस्कृतिक समितिकी संयोजक विद्या तिमिल्सिनाका अनुसार स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुति समावेश हुनेछ। कांग्रेस नेता डा. प्रकाशशरण महतलेका अनुसार पूर्वप्रधानमन्त्री […]