२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

दशैं बिदा सकियो, मंगलबारबाट सरकारी कार्यालय खुल्दै

Logo
जनचर्चा संवाददाता

धरान, असाेज २९। बडादशैंको सार्वजनिक बिदा सोमबार समाप्त भएसँगै म‌ंगलबारदेखि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउँदैछन्। तथापि, आश्विन शुक्लपक्ष त्रयोदशीको दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने परम्परा कायम रहनेछ।

यो वर्षको दशैं चक्र असोज ३० गते बुधबार अखिल बलिपूर्तिसम्म र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमासम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृत पात्रोमा उल्लेख गरिएको छ। कोजाग्रत पूर्णिमाको राति जाग्राम बसी महालक्ष्मीको पूजा गरिन्छ, जसपछि बडादशैं औपचारिक रूपमा समापन हुन्छ।

दशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिने मात्र नभई टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने अवसर पनि हो। विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म मानिसहरू आफन्तको घरमा आशीर्वाद लिन जाने गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै‌ं, जेठ २५ । चीनका राष्ट्रपति सी चिनफिङ आज विषेश भेटघाटकाे लागि  उत्तर काेरिया पुगेका छन् । किन पुगे सी उत्तर काेरिया ? चीनका राष्ट्रपति सी चिनफिङका लागि उत्तर कोरिया एक यस्तो छिमेकी हो, जसलाई न नियन्त्रणमा राख्न सकिन्छ, न त गुमाउन नै सकिन्छ । दुई देशले आफ्नो सम्बन्धलाई प्रायः “रगतले जोडिएको” भनी वर्णन गर्छन् […]

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । तर संसदमा प्रतिनिधित्व गर्ने कुनै पनि ठूलो दलका शीर्ष नेता बैठकमा उपस्थित नभएपछि राजनीतिक जानकारहरूले यसलाई अघोषित बहिष्कारको संज्ञा दिएका छन् । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका पार्टी अध्यक्ष तथा सभापतिसहित दुई-दुई […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]