०४ साउन २०८३, सोमबार
20-07-2026 , Mon
Gold Silver Price (Asar 24, 2083, WED)
Fine Gold 1 Tola NRs. 287600
Silver 1 Tola Nrs. 4515

हेड पेसेन्टलाई सुगरको औषधी, झण्डै गयो विरामीको ज्यान

एक महिनासम्म विरामीले सेवन गरे गलत औषधी (पिडितको भिडियो बयान सहित)
Logo

दिनेश खड्का
विराटनगर, भाद्र २७
विराटनगरस्थित औषधा फार्मेसीले टाउकोको विरामीलाई सुगरको औषधी दिएपछि एक विरामी मृत्यु मुखमा पुगेर फर्किएका छन् । चिकित्सकको अनुसार गतल औषधी सेवनको कारण ति विरामीले झण्डै ज्यानै गुमाउनु परेको थियो ।
उक्त घटना गत साउन महिनाको हो । भारतको विहार प्रान्त, सिपोल जिल्ला निवासी राम दास आफ्नो टाउँको घुम्ने समस्याको चेकअप गराउन एक महिना अघि विराटनगरस्थित न्युरो अस्पताल आएका थिए । उनले सम्पूर्ण चेकअप गराएपछि डाक्टरले उनलाई टाँउको घुम्नबाट अथवा हुने केही औषधी लेखिदिएका थिए । तर औधषी पसलले विरामीलाई गतल औषधी दिएपछि उनको अवस्था झन गम्भीर बन्न पुगेको थियो ।
न्युरो अस्पतालकै नजिक रहेको औषधा फर्मेसीवाट आफुले औषधी खरिद गरेको दास बताउँछन् । डाक्टरले इन्कोरेट सीआर ५०० लेखिदिएकोमा औषधी पसलेले उनलाई इफिमेट ५०० एमजी दिएको थियो । ईन्कोरेट टाउको संबन्धी विमारीलाई दिईने औषधी हो भने ईन्कोरेट सुगरको दबाई हो ।
फामेसीले दिएको औषधी एक महिनासम्म सेवन गरेको दास बताउछन् । औषधी सेवन गरेपनि आफु झन् झन् सिकिस्त भएपछि डक्टरलाई फलोआप गराउन भाद्र २४ गते दास पुनः न्युरो अस्पताल आए । चेकजाचको क्रममा उनलाई गलत औषधी दिईएको डाक्टरले पत्ता लगायो ।
के भन्छ अस्पताल ?
उक्त विषयलाई लिएर अस्पतालको संचालक विरेन्द्र विष्टले औषधी व्यवस्था विभाग र प्रशासनमा उजुर गर्ने निर्णय लिए । तर औषधा फार्मेसीको संचालक अर्विन्द प्राधनले हात जोडेर डा. विष्टको खुट्टै ढोग्न पुगेपछि उजुर गर्ने निर्णयबाट डा.विष्ट पछि हटे ।
अस्पतालको निर्देशक रञ्जितराज बस्नेतका अनुसार गलत औषधी सेवनका कारण विरामीको झण्डै ज्यान गएको बताउछन् । एक महिनासम्म गलत औषधी सेवन गरेका कारण विरामी पहिला भन्दा झनै सिकिस्त भएको बस्नेतको भनाई छ । निर्देशक बस्नेत भन्छन् “गतल औषधी सेवन गरिरहेको थाहपाए हामीले उनलाई तत्काललै रिमेडी गर्न तिर लाग्यौ, अझै केहि दिन ढिला आएको भए के हुन्थ्यो भन्न सक्ने अवस्था छैन्”

के भन्छ फार्मेसी ?
उक्त विषयमा औषधा फार्मेसीको संचालक अर्विन्द प्रधानले भने आफुले ती विरामीलाई औषधी नदिएको दावी गर्छन् । आफुले कुनै औषधी गतल दिएको भए बिल वा कुनै पक्का सबुत लिएर आउन फार्मेसीले चुनौती समेत दिएको छ । विरेन्द्रकुमार विष्ट ठुला डाक्टर भएकाले उक्त विषयमा आफुले प्रतिवाद मात्र नगरको र आफ्नो फर्मेसीले ति विरामीलाई कुनैपनि औषधी बिक्रि नगरेको कुरामा प्रधान अडिक छन् ।
उक्त विषयमा विवाद चर्किएपछि हाल सिसिटिभीको फुटेज संकलन भईरहेको छ । स्रोत भन्छ “आवश्क्ता पर्यो भने सिसिटिभीको फुटेज छ, जहिले भन्यो तहिले निकाल्न सकिन्छ, त्यसैबाट सबै कुरा पत्ता लगी हाल्छ नि”

औषधी व्यवस्था विभाग बेखबर
उक्त घटनामा राज्यका नियामक निकायहरुले खासै चासो दिएजस्तो देखिदैन । विराटनगरमा औषधीको विषयमा छानविन, खोजीनीति तथा कारीवाही गर्न सक्ने अख्तियार प्राप्त औषीधी व्यवस्था विभागको क्षेत्रीय कार्यलयले नै छ । तर पनि घटना भएको महिनौ बितिसक्दा पनि उक्त कार्यलय बेखबर छ । आशा छ, यस विषयमा चाँडै नै विभागको ध्यान आकृष्ट हुनेछ र पिडितले न्यायको पाउने छ ।

पिडितको भिडियो बयान :

https://www.facebook.com/neurohospitalofficial/videos/400635883972244/

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जस  । नेपालकै पहिलो उद्योग वाणिज्य संघ मोरङ उद्योग व्यापार संघले अन्तर्राष्ट्रिय व्यापारिक संस्था इन्टरनेशनल चेम्बर अफ कमर्श (आईसीसी) अन्तर्गत उपलब्ध हुने विश्वस्तरीय सेवा, सुविधा र नेटवर्कमा भर्खरै मात्र पूर्ण पहुँच पाएको छ । संघले सन् २०२५ देखि नै आईसीसीको सदस्यता प्राप्त गरे पनि सोअन्तर्गतका वास्तविक सुविधा र अवसरहरु उपयोग गर्ने बाटो भने भर्खरै […]

विराटनगर, असार २१ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री डा. इस्राईल मन्सुरीको पहलमा सहकारी पीडित बचतकर्तालाई राहत दिने उद्देश्यले सञ्चालन गरिएको बचत फिर्ता अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ। प्रदेश सरकारका अनुसार हालसम्म कोशी प्रदेशभर ३ करोड ८४ लाख ६५ हजार ३२१ रुपैयाँ ७४ पैसा (रु. ३८,४६५,३२१.७४) बचतकर्ताको बैंक खातामा सिधै जम्मा […]

विराटनगर।  लायन्स क्लब अफ विराटनगरको लायन्स वर्ष २०२६/२७ का लागि चाँद ईराकी अध्यक्ष पदमा चयन भएका छन्। नयाँ नेतृत्व चयनसँगै क्लबले सामाजिक सेवा र समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी ढंगले विस्तार गर्ने अध्यक्ष ईराकीले बताउनुभयो । नवनिर्वाचित अध्यक्ष ईराकीले मानव सेवा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा परिणाममुखी र दीर्घकालीन कार्यक्रम सञ्चालन […]