१३ भाद्र २०८३, शनिबार
29-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

झापाकाे फुलवारी मेलाका लागी ८० जुलेबीका स्टल बुक

Logo
जनचर्चा संवाददाता

विर्तामाेड, असाेज ३० । कार्तिक १ गते  झापाको फुलवारीमा हुन गईरहेकाे फुलवारी मेलाका लागी जुलेबीको ८० स्टल बुक भइसकेको छ । मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा १०० वटाभन्दा बढी जुलेवीका स्टल बुक हुने अनुमान गरिएको छ। यँहा चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टलहरु पनि बुक भइसकेका आयाेजकले जानकारी दिएकाे छ। कुल ४०० भन्दा बढी व्यापारीले यस मेलामा सहभागिता जनाउने अनुमान गरिएको छ।

फुलवारी माविको खुल्ला दश बिघा क्षेत्रफलमा लाग्ने यो मेला ५-६ दशकदेखि चल्दै आएको पारम्परिक मेला हो। गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लो समय निकै बढेको छ। मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा, परम्परागत प्रदर्शनीहरु र बालबालिकाका लागि विभिन्न मनोरञ्जनका साधनहरू पाइन्छन्। रोटीपिङ र झुलुङ्गा जस्ता खेलहरूले मेलालाई थप आकर्षक बनाउँछन्।

मेलाको मुख्य आकर्षण संथाल नृत्य हो, जसमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट आएका विभिन्न समुदायका मानिसहरूले सहभागिता जनाउँछन्। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई मेला समितिले नगद पुरस्कारसहित सम्मान गर्ने गरेको छ। मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अनुमान छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ। शुरुमा आदिवासी समुदायले थालनी गरेको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बनेको छ, जसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउँछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]