०६ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

नेपालकै सबैभन्दा ठूलो हाट बजार : फुलबारी मेला

Logo
जनचर्चा संवाददाता

विर्तामोड, असोज ३०। नेपालकै सबैभन्दा ठूलो हाट बजार मानिने फुलबारी मेला यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कार्तिक १ गते झापाको फुलबारीमा लाग्दैछ। वर्षमा एक पटक मात्र लाग्ने यो विशेष हाट बजार शैलीको मेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

मेलाका लागि हालसम्म जुलेबीका ६० वटा स्टल बुक भइसकेका छन् भने मेला शुरु हुने पूर्वसन्ध्यासम्ममा जुलेबीका स्टलको संख्या १०० भन्दा बढी पुग्ने आयोजकको अनुमान छ। त्यसैगरी चटपटेका ६० वटा, फास्टफुडका ४० वटा र खेलौनाका २५ वटा स्टल पनि बुक भइसकेका छन्। कुल मिलाएर यस वर्षको मेलामा ४०० भन्दा बढी व्यापारीले सहभागिता जनाउने अनुमान गरिएको छ।

फुलबारी माविको खुला दश बिघा क्षेत्रफलमा लाग्ने यो ऐतिहासिक मेलाको इतिहास ५-६ दशक पुरानो छ। गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। मेलामा स्थानीय संस्कृतिक खानपान, लुगाफाटा र परम्परागत प्रदर्शनीका साथै बालबालिकाका लागि विशेष मनोरञ्जनका साधनहरू रहनेछन्। रोटीपिङ र झुलुङ्गा जस्ता पारम्परिक खेलहरूले मेलालाई थप रोमाञ्चक बनाउने छन्।मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहने छ। उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई मेला समितिले नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ।

मेला प्रचार प्रसार विभागका संयोजक खेम पौडेलका अनुसार यस वर्ष १ लाखभन्दा बढी दर्शकहरूको उपस्थिति हुने अपेक्षा गरिएको छ। एक दिने यस मेलामा ३ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। आदिवासी समुदायबाट शुरु भएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलो बन्न पुगेको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई समेत प्रतिबिम्बित गर्ने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पछिल्लो एक महिनामा चार पटक मूल्य बढाएर पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुगेको छ। चैत १ गतेको तुलनामा पेट्रोलमा ४०% र डिजेलमा ४५.७७% वृद्धि भएको छ। दक्षिण एसियामा सबैभन्दा महँगो इन्धन अहिले नेपालमा छ। बुधबार मात्र सरकारले डिजेल र मटितेलमा ३० रुपैयाँ बढाएकाे छ । अन्य देशले दिएको सहुलियत: भारत: आफ्ना नागरिकलाई ९० रुपैयाँमा […]

काठमाडाै, वैशाख ३ । सरकारले १०३ वटा नयाँ ऐन निर्माण र संशोधन गर्ने तयारी गरेको छ। प्रधानमन्त्री कार्यालयसहित २२ मन्त्रालयले यसका लागि प्राथमिकता तय गरी काम थालेका छन्। आउँदो संसद अधिवेशनबाट ४० देखि ४५ वटा विधेयक पास गर्ने लक्ष्य रहेको छ। प्रतिनिधिसभा विघटनका कारण निष्क्रिय भएका विधेयकहरू पुनः ल्याइने भएको छ। यसका लागि पुनः तर्जुमा […]

वैशाख २, काठमाडाै, २०८३ । इरानको नियन्त्रणमा रहेका उदयपुरका अमृत झा बुधबार रिहा भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालले रिहाइको पुष्टि गर्दै इरानस्थित कन्सुलरसँग समन्वय भइरहेको जानकारी दिएका छन्। दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी कम्पनी’को जहाजमा क्याप्टेनको रूपमा कार्यरत झा इन्धन लिन इरान पुगेका थिए। दुबई फर्किने क्रममा इजरायल-अमेरिका र इरानबीच तनाव बढेपछि उनी नियन्त्रणमा परेका […]