०३ भाद्र २०८३, बुधबार
19-08-2026 , Wed
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

विराटनगरमा जेके ड्राइभिङले ल्यायाे ५ हजारमै रिभिजन काेर्स अफर

Logo
जनचर्चा संवाददाता

विराटनगर, कार्तिक १ । लामो समयदेखि गाडी नचलाएर बसेकाहरुकाे लागि विराटनगरको जेके ड्राइभिङ स्कुलले विशेष कोर्स ल्याएको छ। स्कुलका संचालक गोकुल थापाका अनुसार चाडपर्वलाई लक्षित गरी ल्याइएको यस अफरमा एक हप्ते रिभिजन कोर्स मात्र रु. ५,००० मा उपलब्ध गराइएको छ।

“हाम्रो उद्देश्य सुरक्षित र आत्मविश्वासी चालक तयार पार्नु हो,” थापाले भने। “विशेषगरी लामो समयदेखि गाडी नचलाएका व्यक्तिहरूलाई पुनः सडकमा फर्कन सहज वातावरण बनाउन यो कोर्स ल्याएका हौं।” कोर्समा भीडभाडमा ड्राइभिङ, उकालो-ओरालो र पार्किङको विशेष अभ्यास, सानो ठाउँमा गाडी व्यवस्थापन, सुरक्षित ओभरटेक, आपतकालीन ब्रेकिङ र स्टियरिङ नियन्त्रण जस्ता महत्वपूर्ण सीपहरू सिकाइन्छ। साथै, प्रतिकूल मौसम र रात्रिकालीन ड्राइभिङको विशेष तालिम पनि समावेश गरिएको छ।

नयाँ चालकहरूका लागि पनि विशेष प्याकेज उपलब्ध छ। बिगिनर क्लास पनि रु. ५,००० मै उपलब्ध गराइएको छ । फुलकाेर्स गर्नेलाई ट्रायल पास नहुन्जेल निःशुल्क प्रशिक्षण दिइने ग्यारेन्टी समेत गरिएको छ। स्कुलले मोटरसाइकल र साइकल यात्रीसँग सडक साझेदारी, विद्यालय र अस्पताल क्षेत्रमा विशेष सावधानी जस्ता सामाजिक जिम्मेवारीका विषयहरू पनि समावेश गरेको छ।

थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले हाटखोला, विराटनगरमा रहेको जेके ड्राइभिङ स्कुलमा सम्पर्क गर्न सक्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, भदाै ३ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूह पार्टीको १५औं महाधिवेशनसम्बन्धी प्रक्रिया रोक्न सर्वोच्च अदालतको ढोका ढकढक्याउने तयारीमा छ। पार्टी नेतृत्वले आधिकारिकतासम्बन्धी विवाद अदालतमा टुंगो नलागीकनै महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेपछि यो समूह असन्तुष्ट भएको हो। इतर समूहका प्रचार-प्रसार संयोजक मीन विश्वकर्माका अनुसार, मुद्दा अदालतमा विचाराधीन हुँदाहुँदै एकतर्फी रूपमा प्रक्रिया अघि बढाइनु उपयुक्त नभएको […]

काठमाडाै, भदाै २ । सिंहदरबारमा आज बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक सुरु हुँदैछ, जसमा यसअघि सांसदहरूले सोधेका विभिन्न प्रश्नको जवाफ चार जना मन्त्रीले दिनुपर्ने भएको छ। यी प्रश्नहरू परराष्ट्र मामिला, ऊर्जा तथा सिँचाइ, पर्यटन तथा उड्डयन, र कृषि-वन क्षेत्रसँग जाेडिएका छन्। बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री सोविता गौतमले थारू आयोगले तयार पारेको विगत आर्थिक वर्षको वार्षिक […]

काठमाडाैं, भदाै २ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा मंगलबार बिहान भएको स्कार्पियो दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीलगायत ६ जना घाइते भएका छन्। काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको सवारी सडकबाट लगभग ५०–६० मिटर तल खोल्सामा खस्दा यो दुर्घटना भएको हो। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको अवस्था मध्यम रहेको […]