०९ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
Gold Silver Price (30 Ashoj 2082, THUR)
Fine Gold 1 Tola NRs. 251400
Silver 1 Tola Nrs. 3290

झापाकाे फुलबारी मेलामा पाँच करोडको कारोबार, एक लाखभन्दा बढीको सहभागिता

Logo
जनचर्चा संवाददाता प्रकाशित शुक्रबार, कार्तिक ०२, २०८१

विर्तामाेड, कार्तिक २ । झापाको बह्रदशी गाउँपालिकामा आयोजित नेपालकै सबैभन्दा ठूलो हाट बजारको रूपमा परिचित फुलबारी मेला सम्पन्न भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित यस मेलामा एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको र करिब पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ।

आयोजक समितिका अनुसार अपेक्षाभन्दा बढी दर्शकहरूको उपस्थितिका कारण व्यवस्थापनमा केही चुनौती देखिएको थियो। यसै अनुभवका आधारमा आगामी वर्षदेखि मेलालाई तीन दिने बनाउने र रात्रिकालीन गतिविधिका लागि प्रकाश व्यवस्थापन गर्ने योजना रहेको आयोजक समितिले जनाएको छ।

फुलबारी माविको दश बिघा क्षेत्रफलमा आयोजित मेलामा ७०० भन्दा बढी व्यापारीहरूले आफ्ना स्टलहरू राखेका थिए। मेलामा जुलेबीका ८०, चटपटेका ६०, फास्टफुडका ४० र खेलौनाका २५ वटा स्टलहरू सञ्चालनमा रहेका थिए। ५-६ दशकदेखि चल्दै आएको यस परम्परागत मेलामा स्थानीय संस्कृति, खानपान, लुगाफाटा र विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो। मेलाको मुख्य आकर्षणको रूपमा रहेको संथाल नृत्यमा नेपालका साथै भारतका विभिन्न राज्यहरूबाट कलाकारहरूको सहभागिता रहेको थियो।

शुरुमा आदिवासी समुदायबाट थालनी गरिएको यो मेला अहिले विभिन्न जातजाति र धर्मका मानिसहरूको मिलनथलोको रूपमा विकसित भएको छ। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्ड स्थापन गरेको छ। बिहीबार सुनको मूल्य तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेर यो सर्वकालीन उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले यो मूल्य सबैभन्दा बढी भएको जनाएको छ। यो काठमाडौंको बजार भाउ हो भने यसबाहिरका क्षेत्रमा सुनको मूल्य अझै अधिक हुन्छ। विगत पनढेरै दिनदेखि […]

इटहरी, असाेज २८। जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ह्वाट्सएप ह्याक भएको छ। ह्याकरले एसपीको ह्वाट्सएप प्रयोग गरी उनका चिनजानका व्यक्तिहरूलाई पैसा माग्ने गरेको पाइएको छ। ह्याकरले एसपीको नाममा उनका चिनजानकालाई सन्देश पठाउँदै अतिआवश्यक परेको भन्दै रकम माग गरेको पाइएको हो। जिल्लाका एसपी केशवकुमार थेबेले यसबारे जानकारी दिँदै केहि दिनअगाडि आफ्नो ह्वाट्सएप […]

काठमाडौँ २८ आश्विन  । नेपालबाट सरदर समयभन्दा आठ दिन ढिला गरी मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीकाअनुसार मनसुन सरदर अक्टोर २ मा बाहिरिनु पर्ने भए पनि आठ दिन ढिला गरी शुक्रबार (अक्टोबर १० अर्थात असोज २४ गते)का दिन नेपालबाट बाहिरिएको हो। यस वर्ष नेपालमा १५ दिन अगावै (मे २९) मनसुन नेपाल भित्रिएको […]