२० मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

भारतीय टाइलको बजार खस्कियो, नेपाली निमाटो टाइलको डंका

Logo
दिनेश खड्का प्रकाशित आइतबार, कार्तिक ११, २०८१

काठमाडाैं, कार्तिक  ११। नेपालमै विश्वस्तरीय टाइल उत्पादन शुरु भएपछि भारतलगायत विदेशी ब्राण्डका टाइलको बजार खुम्चिन थालेको छ। एक दशकको लामो तयारी र अध्ययनपछि सुनसरीको सोनापुरमा स्थापित अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्राण्डमा टाइल उत्पादन गरिरहेको छ। कोभिड-१९ को लकडाउनपछि कारखाना निर्माण शुरु गरिएको यो उद्योगले टाइल उत्पादन थाल्नुअघि भारत र अन्य देशका प्रख्यात टाइल उद्योगहरूको अध्ययन, परीक्षण तथा नमूना परीक्षण गरेको थियो।
टाईलका नवुना तस्वीरहरु समाचारकाे अन्त्यमा छ ।

बुवा गिरीश र काका पारस लुनियाँको मार्गदर्शनमा युवा उद्यमी जयेश लुनियाँले यो उद्योगको सञ्चालन गरिरहेका छन्। ३०० करोड लगानीमा स्थापित यो उद्योगले दैनिक १८ हजार वर्गमिटर टाइल उत्पादन गरिरहेको छ। इटालियन प्रविधि र विश्वप्रख्यात उपकरणहरू प्रयोग गरिएको यस उद्योगमा भारतका प्रख्यात टाइल कम्पनीहरूले प्रयोग गरेका उपकरणहरूमा थप सुधार र परिमार्जन गरी जडान गरिएको कम्पनीका सञ्चालक जयेश लुनियाँले बताए। उद्योगले विक्ट्रिफाइड, पोर्सलिन र सेरामिक टाइल उत्पादन गरिरहेको छ। नेपालमै उत्पादन हुने भएकाले भन्सार तथा अन्य कर नलाग्ने हुँदा भारतीय टाइलको तुलनामा निमाटो टाइल धेरै सस्तो मूल्यमा उपलब्ध छ। ईटालियन प्रविधि र गुणस्तरीय उपकरणको प्रयोगले निमाटो टाइल भारतीय टाइलभन्दा बढी टिकाउ र किफायती भएको सञ्चालक लुनियाँको दाबी छ।

बजारमा फिडब्याक राम्रो आउन थालेपछि टाइल उत्पादन र बिक्रीवितरण गर्न निमाटोलाई भ्याइनभ्याइ भएको छ। काजरीय, ओरियन्ट बेल, सोमानी, निट्को, सेरा जस्ता भारतका प्रख्यात टाइल कम्पनीहरूलाई पनि अहिले नेपाली ब्राण्डको निमाटो टाइलसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परिरहेको छ।गुणस्तर राम्रो भएको कारण भारतबाट पनि माग आइरहेको तर निर्यातका लागि सबै प्रक्रिया पूरा नभइसकेकाले छिट्टै नै कानुनी तथा प्रशासनिक प्रक्रिया सकेर कम्पनीले भारततर्फ निर्यात गर्ने अन्तिम तयारीमा रहेको छ। उद्योगमा ४०० जनाले रोजगारी पाएका छन्। हाल भारतको राजस्थानबाट कच्चा पदार्थ ल्याइए पनि नेपालकै माटोबाट टाइल बनाउने योजना रहेको छ। भारतको बिहार, झारखण्ड, पश्चिम बंगाल र असाममा निर्यात गर्ने योजनाका लागि गुणस्तर चिह्न लिने प्रक्रिया अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर, मंसिर १५ ।– अस्पताल चौकस्थित प्राइम अस्पताल आइतबारदेखि ‌‌‌औपचारिक रुपमा स‌ंचालनमा आएकाे छ। उद्यमी सनातन मण्डल सहित ७ जना चिकित्सकहरुकाे टाेलीले ११ करोड रुपैयाँको लगानीमा २५ शैयाको साे अस्पताल सञ्चालनमा ल्याएका हुन्। अस्पतालको आइतबार विशेष कार्यक्रमबीच उद्घाटन गरिएको थियो। उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा तिनका अभिभावकहरूले संयुक्त रूपमा रिबन काटेर अस्पतालको […]

काठमाडाै‌ं, मंसिर १५ – नेपाल आयल निगमले केही इन्धनको मूल्य समायोजन गरेको छ। आइतबार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कमी गरिएको छ। तर, हवाइ इन्धनको मूल्य भने बढेको छ। आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटेको छ। संशोधित […]