१६ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
Gold Silver Price (8 chaitra 2082, Sun)
Fine Gold 1 Tola NRs. 282500
Silver 1 Tola Nrs. 4555

भारतीय टाइलको बजार खस्कियो, नेपाली निमाटो टाइलको डंका

Logo
दिनेश खड्का

काठमाडाैं, कार्तिक  ११। नेपालमै विश्वस्तरीय टाइल उत्पादन शुरु भएपछि भारतलगायत विदेशी ब्राण्डका टाइलको बजार खुम्चिन थालेको छ। एक दशकको लामो तयारी र अध्ययनपछि सुनसरीको सोनापुरमा स्थापित अरिहन्त इन्फ्रा प्रालिले निमाटो ब्राण्डमा टाइल उत्पादन गरिरहेको छ। कोभिड-१९ को लकडाउनपछि कारखाना निर्माण शुरु गरिएको यो उद्योगले टाइल उत्पादन थाल्नुअघि भारत र अन्य देशका प्रख्यात टाइल उद्योगहरूको अध्ययन, परीक्षण तथा नमूना परीक्षण गरेको थियो।
टाईलका नवुना तस्वीरहरु समाचारकाे अन्त्यमा छ ।

बुवा गिरीश र काका पारस लुनियाँको मार्गदर्शनमा युवा उद्यमी जयेश लुनियाँले यो उद्योगको सञ्चालन गरिरहेका छन्। ३०० करोड लगानीमा स्थापित यो उद्योगले दैनिक १८ हजार वर्गमिटर टाइल उत्पादन गरिरहेको छ। इटालियन प्रविधि र विश्वप्रख्यात उपकरणहरू प्रयोग गरिएको यस उद्योगमा भारतका प्रख्यात टाइल कम्पनीहरूले प्रयोग गरेका उपकरणहरूमा थप सुधार र परिमार्जन गरी जडान गरिएको कम्पनीका सञ्चालक जयेश लुनियाँले बताए। उद्योगले विक्ट्रिफाइड, पोर्सलिन र सेरामिक टाइल उत्पादन गरिरहेको छ। नेपालमै उत्पादन हुने भएकाले भन्सार तथा अन्य कर नलाग्ने हुँदा भारतीय टाइलको तुलनामा निमाटो टाइल धेरै सस्तो मूल्यमा उपलब्ध छ। ईटालियन प्रविधि र गुणस्तरीय उपकरणको प्रयोगले निमाटो टाइल भारतीय टाइलभन्दा बढी टिकाउ र किफायती भएको सञ्चालक लुनियाँको दाबी छ।

बजारमा फिडब्याक राम्रो आउन थालेपछि टाइल उत्पादन र बिक्रीवितरण गर्न निमाटोलाई भ्याइनभ्याइ भएको छ। काजरीय, ओरियन्ट बेल, सोमानी, निट्को, सेरा जस्ता भारतका प्रख्यात टाइल कम्पनीहरूलाई पनि अहिले नेपाली ब्राण्डको निमाटो टाइलसँग प्रतिस्पर्धा गर्न हम्मेहम्मे परिरहेको छ।गुणस्तर राम्रो भएको कारण भारतबाट पनि माग आइरहेको तर निर्यातका लागि सबै प्रक्रिया पूरा नभइसकेकाले छिट्टै नै कानुनी तथा प्रशासनिक प्रक्रिया सकेर कम्पनीले भारततर्फ निर्यात गर्ने अन्तिम तयारीमा रहेको छ। उद्योगमा ४०० जनाले रोजगारी पाएका छन्। हाल भारतको राजस्थानबाट कच्चा पदार्थ ल्याइए पनि नेपालकै माटोबाट टाइल बनाउने योजना रहेको छ। भारतको बिहार, झारखण्ड, पश्चिम बंगाल र असाममा निर्यात गर्ने योजनाका लागि गुणस्तर चिह्न लिने प्रक्रिया अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं,१६ चैत्र। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई […]

विराटनगर,१६ चैत । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । आइतबारको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरूले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै रिहाइको माग गरेका हुन् । नागरिकको अधिकारको आन्दोलनमा बलीदान दिएका नेताहरु माथि गरिएको अमानवीय धरपकट र कानूनविपरितका काम […]

विराटनगर,१२ चैत्र  । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा बिहीबारदेखि ‘घर निर्माण प्रदर्शनी’ सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदर्शनीको उद्घाटन गरे । चैत १२ गतेदेखि १६ गतेसम्म चल्ने यस प्रदर्शनीमा निर्माण क्षेत्रका विभिन्न आयामबारे छलफल र अन्तर्क्रियाका लागि ११ वटा थिमेटिक सेसन सञ्चालन गरिने […]