०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

Logo
जनचर्चा संवाददाता

काठमाडौं १७ पुस ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन्।

‘वि.सं. २०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो। त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो। हामी गणतान्त्रीक मुलुकमा गयौं। बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ,’ कांग्रेस इलामले आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले भने।

बिपी देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको उनको भनाइ छ। बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गरे।

आज संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको उनले औंल्याए। ‘बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन। यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ। त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ,’ महरले भने।

कांग्रेस स्वयंले १०० दिन विशेष अभियान समापन गर्दै गर्दा राष्ट्र निर्माण, जनताका र पार्टी निर्माणका लागि कसैको फरक मत रहँदैन भन्ने प्रत्येक व्यक्तिले कसम खानुपर्ने उनले बताए।

यसका साथै एक वर्षपछि हुने कांग्रेसको १५औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्ने उनको भनाइ छ। ‘एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकि रहेका कार्यभार कुसलतापूर्वक सम्पन्न गर्नुपर्छ। सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ। त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ,’ उनले भने।

समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि टोल स्तरदेखिकै नेता कार्यकर्ताको प्रतिवद्धता तथा सक्रियता आवश्यक रहेको महरले बताए। विधानअनुसारको जिम्मेवारी निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन्। यसमा बढी जिम्मेवार केन्द्रका पदाधिकारी हुने र उनीहरूको ढिलासुस्ति प्रवृत्तिले समयमै महाधिवशेन हुनेमा संका पैदा भइरहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

विराटनगर, भदाै १२ ।  विराटनगरस्थित बजाज मोटरका आधिकारिक डिलर यस एण्ड ब्रदर्शले मुनालपथस्थित शोरुममा नयाँ इलेक्ट्रिक स्कुटर चेतक ३५०३ र चेतक २५०१ सार्वजनिक गरेका छन्। बिहिबार शोरुम संचालक मनोज चौधरी, मोरङ ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपाने र लायन्स क्लबका चान्दबाबु इराकीको संयुक्त उपस्थितिमा स्कुटरहरू लोकार्पण गरिएको हो। चेतक ३५०३ को मूल्य रु. ३ लाख ३९ […]

काठमाडाैं, भदाै ४ । बंगलादेशमा ३५ वर्षपछि आज (४ भदौ) राष्ट्रपतिको निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार दिउँसो २ देखि साँझ ५ बजेसम्म संसदमा मतदान हुनेछ। यस निर्वाचनमा सत्तारूढ बीएनपीका नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल (अनि.) ओली अहमदबीच प्रतिस्पर्धा हुनेछ। यसै वर्ष १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनपछि बीएनपी सत्तामा आएको […]