३० बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

रास्वपामा मुकुल ढकाल फर्काउन निवेदन

Logo
जनचर्चा संवाददाता प्रकाशित बिहिबार, पुष १८, २०८१

काठमाडौँ, १८ पुस/ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्रीमा मुकुल ढकाललाई पुरानै जिम्मेवारी दिएर पार्टीमा फिर्ता ल्याउनुपर्छ भन्दै पार्टीमा निवेदन परेको छ ।

पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले उक्त पत्र केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् ।

उनीहरूले पार्टी आजसम्मकै सबैभन्दा ठुलो सङ्कटको घडीमा रहेको महसुस गरेको भन्दै लेखेका छन् ‚‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ।’

निवेदनमा उनीहरूले पछिल्लो असार महिना यता पार्टीमा जे जति घटना घटे, त्यो दुःखद भएको भन्दै  पार्टीको यो घडीमा सबै मिलेर अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

‘त्यसका लागी केहि कोर्स करेक्सन आवश्यक छन् । सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु‚’ निवेदनमा लेखिएको छ‚ ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु ।’

निवेदनमा थप लेखिएको छ‚ ‘यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी  एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं ,२९ बैशाख। पूर्व न्यायाधीश फोरमले वर्तमान संविधान लागू भएको दश बर्ष बितसक्दा पनि मुलुकमा कानूनको सर्वाेच्चता स्थापित हुन नसकेको जनाएको छ । फोरमद्वारा कानून दिवस २०८२ को उपलक्षमा काठमाडौंमा आयोजित कानूनी राज्य संरक्षणमा न्यायपालिकाको अपेक्षित भूमिका बिषयक छलफल कार्यक्रम पछि जारी विज्ञप्तिमा  मुलुकको शासन व्यवस्था कानून अन्तर्गत अनुशासित,उत्तरदायी र मर्यादित हुँदै जानुको सट्टा स्वेच्छाचारिता […]

काठमाडौं २६ बैशाख ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि राज्यले फेरि अर्को मुद्दा थपेको छ । तीनकुने घटनासँग जोडिएर यसअघि राज्यविरुद्धको कसुर र संगठित अपराध अन्तर्गत अभियोग लगाइएको मिश्रमाथि अब आपराधिक उपद्रवसमेतको मुद्दा दायर गरिएको हो । आज (बिहीबार) जिल्ला अदालत काठमाडौंमा म्याद थपको प्रक्रिया दौरान मिश्रमाथि नयाँ आरोप थपिएको हो । […]

काठमाडौँ २३,बैशाख ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो […]