०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

माघ ८ गतेदेखि बिर्तामोड एक्स्पाे

Logo
जनचर्चा संवाददाता

बिर्तामोड,१९ पुस । सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्य सहित झापाको बिर्तामोडमा आगामी माघ ८ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१’ हुने भएको छ ।

महोत्सवलाई चार भागमा विभाजन गरिएको हो । जसमा महोत्सवमा प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यन तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र रहेका छन् । महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म आयोजना हुने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।

महोत्सवमा एक सय ५० वटा स्टल रहने र छुट्टा छुट्टै चार विधाका अलग – अलग स्टल राखिने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनका अनुसार महोत्सवमा व्यपारसंगै कृषि क्षेत्रको उत्थानका लागि समेत कृषि उत्पादनलाई प्रर्वद्धन गरिने छ । कृषिका स्टललाई निःशुल्क गरिने उनको भनाई छ ।

झापाकै ठूलो बजारका रुपमा रहेको बिर्तामोडमा आयोजना गरिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले व्यापार व्यवसायलाई प्रवर्धन गर्ने अपेक्षा राखिएको छ । महोत्सवले सानादेखि ठूला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको अध्यक्ष न्यौपानेले बताए ।

महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट गराई सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराइने संघका उद्योग उपाध्यक्ष तथा महोत्सव संयोजक विशाल थापाले बताए ।

प्रदर्शनीकक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तीय संस्था, मोबाइल, इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्बन्धी, दैनिक उपभोग्यका वस्तुहरु, हस्तकला तथा तयारी पोशाक तथा जुत्ताचप्पल प्रदर्शनमा रहनेछन् ।

विशिष्ठ खालका स्टलहरुले सजाइने महोत्सवमा कलाकृतियुक्त मूल प्रवेशद्वारको निर्माण गरिने व्यवस्थापक ललित सिंखडाले जानकारी दिए ।

महोत्सवमा चर्चित कलाकारहरु तथा विभिन्न ब्यान्डको दैनिक सांगीतिक प्रस्तुति रहनेछ । बाल उद्यान क्षेत्रमा पिङलगायत विभिन्न मनोरञ्जनात्मक खेलहरुका स्टल रहने महासचिव कुशल खतिवडाले बताए ।

महोत्सवमा प्राथमिक उपचार, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, शौचालय, खानेपानी तथा पाकिङको व्यवस्था हुने संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले जानकारी दिए ।

पूर्वी नेपालको व्यापारलाई अन्तर्राष्टियस्तरबाट प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव बिर्तामोड–५ धर्मकाँटा रोड, मंगल एकता टोलको खाली जमिनमा सञ्चालन हुने संघका कोषाध्यक्ष युवारज निरौलाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजकका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेल समिति संयोजक उमेश डालमिया, नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई लगायत पत्रकार सम्मेलनमा सहभागी थिए । महोत्सवको दुई लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडाै, असाेज २८ । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा सहमन्त्री (आदिवासी जनजाति) मा विजयी भएका छन्। उनले ३२४५ मत ल्याउँदा ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाए। जनजाति महिला केन्द्रीय सदस्यतर्फ ३४ उम्मेदवारमध्ये गीता गुरुङ (२८५९), डा. गंगालक्ष्मी अवाल (२७६८), रेणुका […]

पटना, असाेज ७ । बिहारको राघोपुर क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै गंगा नदीमा मंगलबार साँझ डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ। आजतकका अनुसार डुंगामा २० जनाभन्दा बढी सवार थिए र मृतकमध्ये अधिकांश बालबालिका छन्। भोज खान जाने क्रममा दुर्घटना भएको बताइएको छ, […]

विराटनगर, असाेज १८ । लायन्स क्लब अफ विराटनगर ग्लोबलको दसौं पदस्थापन समारोह भव्यताका साथ सम्पन्न भएको छ। ‘सेवा नै परम धर्म’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै क्लबले शुक्रबार नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। जुलाई १ देखि लागू हुने गरी सुरु भएको नयाँ कार्यकालका लागि आयोजित ‍‍‍औपचारिक पदहस्तान्तरण समारोहमा डिष्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरियाले अध्यक्ष […]