२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
Gold Silver Price (17 falgun 2082, Sunday)
Fine Gold 1 Tola NRs. 321000
Silver 1 Tola Nrs. 6000

लिङ्देन र थापा बिच भनाभनको स्थिति

Logo
जनचर्चा संवाददाता

काठमाडौं,७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । पार्टी एकताको कुरा गरे संगै दुवै पार्टीमा हलचल मचिएको छ ।

शनिबार हेटौडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अहिले टुट, फुट र एकीकरणको पक्षमा नरहेको बताएका थिए । उनले अहिले सिंगो राप्रपा एकढिक्का रहेको दाबी गर्दै थापाले गरेको एकताको प्रस्ताव नकारेका थिए ।

कमल थापा नेतृत्वको राप्रपा नेपालतर्फ लक्षित गर्दै उनले कोहीसँग एकीकरण हुन भन्ने बजारको हल्लामा नलाग्न कार्यकर्तालाई आग्रह गर्दै भनेका थिए ‘राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । अहिले सिङ्गो एकीकृत राप्रपा छ,’ ।

लिङ्देनले एकिकरण नगर्ने बताएपछि उनलाई जवाफ दिँदै थापाले पार्टी कमजोर भएर एकताको प्रस्ताव नगरेको भन्दै काउन्टर जवाफ फर्काएका छन् ।

उनले सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिन प्रस्ताव गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले पार्टी एकताको प्रस्ताव गरेको पार्टी चलाउन नसकेर वा कमजोर छौँ भनेर होइन।हाल विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने तथा राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएको हुँदा सबै राष्ट्रवादी शक्ति मिलेर अन्तिम धक्का दिऊँ भनेर हो।यो समय फेरि नआउन सक्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]

विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]

विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]